Logo

यसरी समातिए बैंकको रकम चोर्ने गिरोह



काठमाडौँ, १२ मंसिर । सर, मैले कसैलाई पनि चेक काटेकै छैन तर मेरो जनता बैंकको खाताबाट १९ लाख ९९ हजार रुपैयाँ झिकेको म्यासेज आयो,’ मंसिर ८ गते राति ८स्१० मा महानगरीय प्रहरी परिसर टेकुका डिएसपी होविन्द बोगटीलाई अपरिचित मानिसले आत्तिदै फोन गरे । डिएसपी बोगटीले ती मानिसलाई नाम सोधे ।

‘म गोपालमान राजबाहक हजुर, कसले पैसा निकाल्योरु के गर्ने अबरु’ उताबाट अत्तालिएकै स्वरमा जवाफ आयो। त्यसपछि डिएसपी बोगटीले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रलाई जानकारी गराए। लगत्तै मिश्र र डिएसपी बोगटीले जनता बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० परशुराम कुँवरलाई फोन गरे। सिइओ कुँबरले तत्काल कर्मचारी लगाएर खाता जाँच गर्दा ग्वार्को शाखाबाट नक्कली चेकबुक मार्फत रकम चोरिएको पत्ता लाग्यो।

‘सर, मैले कसैलाई पनि चेक काटेकै छैन तर मेरो जनता बैंकको खाताबाट १९ लाख ९९ हजार रुपैयाँ झिकेको म्यासेज आयो,’ मंसिर ८ गते राति ८स्१० मा महानगरीय प्रहरी परिसर टेकुका डिएसपी होविन्द बोगटीलाई अपरिचित मानिसले आत्तिदै फोन गरे। डिएसपी बोगटीले ती मानिसलाई नाम सोधे। ‘म गोपालमान राजबाहक हजुर, कसले पैसा निकाल्योरु के गर्ने अबरु’ उताबाट अत्तालिएकै स्वरमा जवाफ आयो। त्यसपछि डिएसपी बोगटीले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रलाई जानकारी गराए। लगत्तै मिश्र र डिएसपी बोगटीले जनता बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० परशुराम कुँवरलाई फोन गरे। सिइओ कुँबरले तत्काल कर्मचारी लगाएर खाता जाँच गर्दा ग्वार्को शाखाबाट नक्कली चेकबुक मार्फत रकम चोरिएको पत्ता लाग्यो।

प्रहरीले घटनाबारे अनुसन्धान गर्दा मंसिर ८ गते जनता बैंकको बानेश्वरस्थित शाखाबाट ९ लाख ९९ हजार र न्युरोडस्थित जनताकै सन्ध्याकालीन काउन्टरबाट ५र५ लाखका दुइटा चेक मार्फत् १० लाख रुपैयाँ भुक्तानी दिएको पाइयो। उक्त घटनाको अनुसन्धान गर्नेक्रममा प्रहरीले राजबाहकको खाताबाट रकम चोरी गरेका ६ जनालाई मंसिर ९ गते न्युरोड र तिनकुने सुविधानगरबाट पक्राउ गरेको छ। प्रहरीले उनीहरुको साथबाट विभिन्न व्यक्तिका २ हजार थान नागरिकता प्रमाणपत्र, १९ वटा बैंकका कागजात, ६ वटा बैंकबाट जारी भएका एटीएम र चेकबुक लगायत सामान बरामद गरेको छ।

यसरी भएको थियो फर्जी कागजबाट भुक्तानी

जनता बैंकका खातावाला निर्माण व्यवसायी गोपालमान राजबहाक सामान्य लेखपढ गर्न मात्रै जान्ने व्यक्ति हुन्। प्रहरीको प्रारम्भीक अनुसन्धानमा राजबहाकका नाममा जारी चेकमा ‘गोपाल’ मात्रै उल्लेखित हस्ताक्षर छ। जसका कारण हस्ताक्षर चोरेर गिरोहले बैंकबाटै राजबहाकका नामको अर्कैं चेकबुक लिन सफल भयो।

उक्त घटनाको अनुसन्धान गरिरहेका डिएसपी बोगटीका अनुसार मंसिर ८ गते दिउसो २ बजेतिर राजबहाकलाई पत्तै नदिई उनका नाममा जनता बैंक ग्वार्को शाखाबाट गिरोहले अर्कै चेकबुक लिन सफल भयो। चेकबुक लिन मनिस घिमिरे, अञ्जन बराल र सुवास श्रेष्ठ गएका थिए। प्रहरीका अनुसार पहिलेको हराएको भन्दै उनीहरुले राजबहाकको नागरिकताको फोटोकपी राखेर अर्को चेकबुक लिएका थिए। चेकबुक लिनु अघि नै गिरोहले राजबहाकको बैंक खातामा कति रकम छ भन्ने यकिन गरिसकेको थियो।

ग्वार्कोबाट बानेश्वर आएका गिरोहमध्येका अञ्जन बरालले ९ लाख ९९ हजार रुपैया भुक्तानी लिने गरी राजबहाकले अञ्जन बरालका नाममा चेक काटेको देखाइयो। चेक साट्नु अघि २ बजेर १५ मिनेटमा मनिस घिमिरेले नेपालका बैंक ह्याकरको जोखिममा रहेको भन्दै राजबहाकलाई फोन गरेर मोवाइल वन्द गर्न आग्रह गरे।

त्यसपछि राजबहाकले अपरिचित मानिसबाट आएको आग्रह अनुसार नै मोवाइल वन्द गरे। बैंकबाट रकम झिकेपछि त्यसको जानकारी राजबहाकको मोवाइलमा जान नपाओस् भनेर चोरले ह्याकरको त्रास देखाएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले जानकारी दिए। प्रहरीकाअनुसार अपरिचितको फोनपछि ३ बजेबाट राजबहाकको मोवाइल स्वीच अफ हुन्छ। अनि करिव सवा ३ बजे जनता बैंक बानेश्वर शाखाले मनिस घिमिरेका नाममा राजबहाकको चेकबाट ९ लाख ९९ हजार रुपैया भुक्तानी दिइएको देखिन्छ।

राजबहाकको खातामा अझै १४ लाख रुपैया बाकी भएको पत्ता लगाएको गिरोह न्युरोडको सन्ध्याकालीन काउन्टरबाट थप रकम निकाल्न त्यसतर्फ जान्छ। प्रहरीका अनुसार बानेश्वरबाट पैसा झिकेर ४ बजेतिर अञ्जन बराल र सुवाष श्रेष्ठ न्युरोडस्थित सन्ध्याकालीन शाखा पुग्छन् र ५र५ लाखको चेक आफ्ना नाममा काट्छन्। करिब साझ ५ बजेतिर न्युरोडबाट उक्त रकम निकालेर दुवैजना फर्किन्छन्। त्यतिबेलासम्म राजबहाकलाई आफ्नो खाताबाट पैसा काटेको जानकारी हुदैन। दिउसो हृयाकरको त्रास देखाएर वन्द गरिएको मोवाइल फोन राजबहाकले साँझ ६ बजेतिर अन गर्दा तिनपटकमा १९ लाख ९९ हजार रुपैया झिकेको ‘म्यासेज अलर्ट’ आउछ।

अंग्रेजीमा लेखिएको बैंकको म्यासेजसमेत राम्ररी पढ्न नजान्ने राजबहाकले ‘के आएको रहेछ मोवाइलमारु’ भन्दै चिनजानको कसैलाई हेर्न देखाएपछि वल्ल ८ बजेतिर रकम निकालेको थाहा पाउछन्। ‘राजबहाकले ८ बजेर १० मिनेटमा फोन गरेर खाताबाट पैसा झिकिएको जानकारी गराउनु भएको थियो,’ डिएसपी बोगटीले कान्तिपुरसँग भने, ‘नयाबानेश्वर र न्युरोडबाट झिकिएको पैसाबारे पीडितले ८ बजेतिर मात्रै थाहा पाएको देखिन्छ।’

घटनाबारे जानकारी पाएलगत्तै राती नै राष्ट्रबैंक र जनता बैंकका कर्मचारीलाई फोन गरेर अनुसन्धान थालिएको डिएसपी बोगटीले बताए। राजबहाकको फोनपछि बोगटीले राष्ट्रबैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परर्शुराम कुँबरलाई जानकारी गराएर घटनाको छानविन गरिएको बताए। त्यसपछि प्रहरीले जनता बैंकका शाखा बाहिर सादा पोशाकका प्रहरी तैनाथ गराएको थियो। ‘कसैले राजबहाकको चेकबाट रकम लिन आए खबर गर्नू’ भनेर प्रहरीले जनताका शाखालाई मौखिक अलर्ट गराइसकेको थियो।

अघिल्लो दिन ३ पटक रकम झिकेकोमा भोलीपल्ट मंसिर ९ गते विहान न्युरोड शाखामा सुवास श्रेष्ठ र कुमार तामाङ १ लाख २५ हजार र १ लाख ७० हजार रुपैयाँका दुइथान चेक साट्न आएको जानकारी प्रहरीलाई बैंकले दियो। त्यसलगत्तै सादा पोशाकको प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले पक्राउ परेका व्यक्तिबाट मनिस घिमिरेलाई पैसा लिन भन्दै बोलाएर नियन्त्रणमा लियो। सोही दिन राती तिनकुनेरसुविधानगरस्थित कोठाबाट सुमन पौडेल र गोविन्द घिमिरेलाई पक्राउ गरिएको थियो। अनुसन्धानकै क्रममा प्रहरीले कालीमाटीस्थित अञ्जन बरालको कोठाबाट १९ वटा बैंकका २ हजार व्यक्तिका नागरिकता प्रमाणपत्रका फोटोकपी, त्यतिकै संख्यामा व्यक्तिका फोटोसहित ३ बोरा कागजात नियन्त्रणमा लिएको छ। जनता बैंकको नकाटिएको १६ थान सहित ५७ थान चेकबुक बरामद गरिएको छ।

प्रहरीले ज्योति विकास बैंकको १ थान, एभरेष्ट बैंकका २३ थान, माछापुछ्रे बैंकका १९ थान, मुक्तिनाथ विकास बैंकका ४२ थान, एनआइसी एसियाका ६८ थान चेकबुक बरामद गरेको छ। एनआइसीका ८२ र अन्य बैंकका ७ थान एटिएम कार्ड, विभिन्न व्यक्तिका नाममा जारी भएका ३ सय २९ थान काटिएका चेक पनि बरामद भएको छ। अनुसन्धानकै क्रममा मुक्तिनाथका २ वटा शाखाबाट समेत १० लाख रुपैया संकास्पद भुक्तानी भएको फेला परेको छ।

डेढवर्ष अघिबाटै चोरीको योजना

बैंकबाट सर्वसाधारणको विवरण चोरेर अनधिकृत रुपमा रकम झिक्ने गिरोहले यसको योजना डेढवर्ष अघिबाटै गरेको प्रारम्भीक अनुसनधानबाट खुलेको छ। जनता बैंकका खाता सञ्चालक गोपालमान राजबहाकको विवरण चोरेर रकम झिक्ने गिरोहले २ हजार भन्दा बढी नागरिकका प्रमाणपत्र, फोटोलगायत विवरण संकलन गर्न डेढवर्ष अघिबाटै योजना बुनेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले जानकारी दिए।

प्रहरीले काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, वाग्लुङलगायत स्थायी ठेगाना भएका व्यक्तिका नागरिकता र फोटो बरामद गरेको छ। ‘नागरिकता, फोटो र बैंक खाता सञ्चालकको विवरण २०७४ सालबाटै संकलन गरेको खुल्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘बैंकमा खाता सञ्चालन गर्ने व्यक्तिको हस्ताक्षर चोर्न मात्रै ३ वटा ठूला रजिस्टर बुक प्रयोग भएको देखिन्छ।’

सीसीटिभी फुटेज सुरक्षित राख्न निर्देशन

गिरोहले बैंकको रकम फर्जी कागजात बनाएर चोरेको खुलेपछि विभिन्न १९ वटा बैंकका सीसीटिभी फुटेज सुरक्षित राख्न निर्देशन दिएको छ। गिरोहले गोप्य खाताको विवरण चोरेर अनधिकृत रुपमा रकम झिकेको पत्ता लागेपछि अनुसन्धानमा खटिएको प्रहरीले माछापुछ्रे, जनता, एनआइसी एसिया, मुक्तिनाथ, ज्योती, एभरेष्टलगायत बैंकका बाहिर र कार्यालयभित्र तथा एटीएमको सिसिटीभी फुटेज सुरक्षित राख्न बुधबार प्रहरीले बैंकलाई निर्देशन दिएको हो।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्