Logo

‘टुटल’ र ‘पठाओ’ लाई कारबाहीबारे अन्योल



काठमाडौँ, १२ मंसिर । मोटरसाइकलमार्फत यात्रुलाई ‘राइड सेयरिङ’ सेवा दिँदै आएका ‘टुटल’ र ‘पठाओ’ लाई कारबाही गर्नेरनगर्नेमा ट्राफिक प्रहरी अन्योलमा परेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा निजी सवारी ९नम्बर प्लेट० लाई सार्वजनिक सवारीका रूपमा प्रयोग नपाउने प्रावधान छ । उक्त प्रावधानअनुसार केही दिनदेखि ट्याक्सी व्यवसायीले ‘राइड सेयरिङ’ सेवा दिँदै आएका ‘टुटल’ र ‘पठाओ’ लाई कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् ।

दरबारमार्ग क्षेत्रमा खटिएका एक ट्राफिक प्रहरीले कान्तिपुरसँग भने, ‘फिल्डमा खटिने ट्राफिकलाई निकै गाह्रो छ । कानुनविपरीत राइड सेयरिङ सेवा दिएको भन्दै चालकसमेतलाई लिएर ट्याक्सी व्यवसायी सामुन्ने आउँछन्, कारबाही गर्ने कि नगर्ने रु’ कानुनअनुसार यो सेवा अवैध भए पनि सहज पहुँचले गर्दा टुटल र पठाओको सेवालाई सर्वसाधारणले निकै रुचाएको उनले बताए । ‘राइड सेयरिङ सेवा दिएका ५र६ चालकलाई कारबाही माग गर्दै दैनिकजसो ट्याक्सी चालक आउन थालेका छन्,’ उनले भने, ‘कारबाही गर्दा सामाजिक सञ्जालदेखि सर्वसाधारणमाझ आलोचित हुनुपरेको छ, कानुन नहुँदा हामी त रनभुल्लमा पो छौं ।’

गतवर्ष यातायात व्यवस्था विभागको निर्देशनमा ट्राफिक प्रहरीले राइड सेयरिङ व्यवसायमाथि रोक लगाएपछि सरकारको चर्को आलोचना भएको थियो । यसपटक पनि केही दिनअघि सार्वजनिक सूचना जारी गरी विभागले नियमविपरीत यात्रु ओसार्ने सवारीसाधनका चालकलाई कारबाही गर्ने चेतावनी दिएको छ । काठमाडौं उपत्यका ट्राफिक महाशाखाका प्रमुख भीम ढकालले ऐनविपरीत सञ्चालनमा रहेका सवारीसाधनलाई नछोड्ने दाबी गरे । सवारी तथा यातायात ऐनअनुसार नै ट्राफिकले काम गर्दै आएको उनको भनाइ छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ ९२० मा ‘निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्न पाइने छैन’ भन्ने कानुनी व्यवस्था छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले प्रयोजनविपरीत सञ्चालनमा रहेका सवारीसाधनलाई कारबाही गर्ने बताए । ‘कसैको दबाबमा होइन,’ उनले भने, ‘नियमअनुसार कारबाही गरेका हौं ।’

‘टुटल’ले तीन वर्षदेखि सेवा दिइरहेको छ भने ‘पठाओ’ डेढ वर्षअघि सञ्चालनमा आएको हो । यातायात सेवा सञ्चालन गर्न यातायात व्यवस्था विभागमा दर्ता हुनुपर्ने प्रावधान छ । ‘टुटल’ र ‘पठाओ’ कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका छन् । टुटलका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्ट भने सरकारले तत्काल कानुन बनाएर कानुनी बाधा अड्चन खोल्नुपर्ने बताउँछन् । ‘कानुन नबन्दा हामी पनि अन्योलमा छौं, त्यसकारण संसद्ले कानुन बनाएर व्यवसायलाई सहज बनाइदिनुपर्‍यो,’ उनले भने, ‘व्यवसाय गर्ने वातावरण बनाइदिने काम सरकारको हो ।’ गत साउनमा काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण विधेयकमा राइड सेयरिङलाई पनि ‘सार्वजनिक यातायात’ अन्तर्गत राख्ने विधेयक संघीय संसद् सचिवालयमा दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षअघि तत्कालका लागि राइड सेयरिङमाथि प्रतिबन्ध नलगाउन तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई निर्देशन दिएका थिए ।

मन्त्री भन्छन्– यथावत् चल्न देऊ
काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले टुटल र पठाओको सेवालाई यथावत् रूपमा चल्न दिन निर्देशन दिएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई बुधबार मन्त्रालयमा बोलाई उनले लामो समयदेखि सञ्चालनमा रहेको सेवा रोकेकामा असन्तुष्टि व्यक्त गर्दै सञ्चालन गराउन निर्देशन दिएको मन्त्रालय स्रोतले जनायो । स्रोतका अनुसार मन्त्री नेम्वाङले टुटल र पठाओजस्ता सेवालाई वैधानिक रूपमा चल्न दिन यातायात व्यवस्था ऐनमा आवश्यक संशोधन प्रक्रिया अघि बढाउनसमेत मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन् ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्