Logo

बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश



काठमाडौं, १२ मंसिर । बार्सिलोना एक खेल बाँकी छँदै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। बुधबार राती भएको खेलमा जर्मन क्लब बोरीसिया डर्टमन्डलाई ३-१ ले हराउँदै बार्सिलोना नकआउट चरणमा प्रवेश गरेको हो।

बार्सिलोनाको जितमा लियोनेल मेसी, लुइस स्वारेज तथा एन्टोइन ग्रिजम्यानले गोल गरे। यस्तै टोर्डमन्डका लागि एकमात्र गोल सान्चोले फर्काएका थिए । पहिलो हाफ २–० ले सकिएको खेलमा स्वारेजले २९ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। सो अग्रतालाई मेसीले ३३ औं मिनेटमा दोब्बर पारे।

यसैगरी ग्रिजम्यानले ६७ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको गोल अन्तरलाई ३(० बनाएका थिए । डोर्डमन्डले खेलको ७७ औं मिनेटमा गोल फर्काएको थियो। बार्सिलोनाले समूह चरणको अन्तिम खेल इन्टरमिलानसँग खेल्नेछ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्