Logo

आध्यात्मिक तपोभूमि रेसुङा



गुल्मी जिल्लाको प्रदेश नंम्बर ५ मा अवस्थित रेसुङालाई आध्यात्मिक तपोभूमिको रुपमा चिनिन्छ । त्यस क्षेत्रमा धेरै ऋषि महर्षिहरुले तपस्या गरेका थिए । विभाण्डक ऋषिका छोरा ऋष्यशृङगले तपस्या गरेको ठाउँ नै गुल्मीको रेसुङा हो । रेसुङालाई आध्यात्मिक र धार्मिक तपोभूमि भनिन्छ ।

गुल्मी सदरमुकाम तम्घासबाट सात किलोमिटर रमण्ीाय पहाडी श्रृखलाको ग्राभेल मोटरबाटो हँुदै रेसुङा तपोभूमी पुगिन्छ । समुन्द्र सतहबाट २ हजार तीन सय ४७ मिटरको उचाइमा रहेको रेसुङा तपोभूमी जैविक विविधताले भरिपूर्ण रहेको छ ।

रेसुङाको तपोभूमि ऐतिहासिक स्थल हो । स्वामी शशिधर, लक्ष्मीनारायण तथा यदुकानन्दको तपोभूमि रेसुङामा धार्मीक मठ मन्दिरहरु, प्यागोडा शैलीमा निर्माण गरिएका यज्ञशाला, होमकुण्ड, शिवलिङग धार्मीक महत्वले रेसुङाको ऐतिहासिक धार्मीक महत्वलाई उजागर गरेको छ ।

अयोध्याका राजा दशरथलाई पुत्रलाभ गराउने थलो र भगवान रामले बाण हानेर पानी निकालेको कुँवासँग रेसुङाको धार्मिक आस्था र प्राचिनता जोडिएको छ । रेसुङामा श्रीरामले बाण हानेर पानी निकालेको पोखरी आजपनि देख्न सकिन्छ । जुन पोखरी हिउँदमा सुक्दैन र बर्षायाममा पनि बगेर बाहिर जादैन ।

धार्मीक आस्थाका पर्यटकहरुलाई दर्शन गर्न रेसुङामा विष्णुपादुका, शिवालय, राधाकृष्ण मन्दिर, गरुडस्थान, पोखरी, पाटी पौवा, धर्मशाला, गौशाला आदि रहेका छन् । रेसुङा वरिपरी रहेका मन्दिर र तालको दर्शन, पूजा र स्नान गर्नाले सम्पूर्ण मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ ।

पहाडी जिल्लामा गुल्मी रमणीय जिल्ला मानिन्छ । रिडिखोला र कालीगण्कीको संगम स्थल रिडि वजार, थाप्लेलेक,धार दिने गुफा जस्ता रमणीय स्थलहरु गुल्मीमा पर्दछन । भ्रमणको लागी इस्मा, धुर्कोट, चारपाला, बलेटक्सार, पुर्कोट, जस्ता ऐतिहासिक स्थल छन । मदानेको लेख, लुम्पेकको लेक, वामीको लेक, अग्लुङको लेक, रानीवन, सिद्धबाबाको डाँडा जस्ता प्राकृतिक स्थलहरु भ्रमण गर्न सकिन्छ ।

वुटवल देखि पाल्पा तानसेन हुँदै तम्घाससम्म ११५ किलोमिटरको दुरी रहेको छ । पाल्पाको तानसेनबाट तम्घास ७५ किलोमिटरमा पर्दछ । तानेनबाट रिडी ३० किलोमिटर र रिडी देखि तम्घास ४५ किलोमिटरको दुरीमा रहेको छ । तम्घास पुगेपछि रमणीय पहाडी श्रृखलाको उकालो सात किलोमिटर ग्राभेल सडकपार गरेपछि रेसुङा तपोभूमी पुगिन्छ ।

फोटो स्रोत : सामाजिक सञ्जाल

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्