Logo

मल्लिका पिंजडाभित्र बसेर यौनकर्मी जस्तै बनेपछि…



बलिउड स्टार मल्लिका शेरावत हलिउडमा पनि छाएकी छिन् । उनी सामाजिक गतिविधिमा पनि सक्रिय छिन् र अन्याय अत्याचारविरुद्ध आवाज उठाउँछिन् ।

मल्लिकाले बुधबार आफ्नो तस्बिर सार्वजनिक गरिन् जसमा उनी पिंजडाभित्र छिन् । भावुक मुद्रामा पिंजडाभित्र रहँदा पृष्ठभूमिमा बालिकाले मुख छोपेको दृश्य छ । यो बालबालिकालाई यौनजन्य क्रियाकलापमा लगाउने र दोषीलाई उन्मुक्ति दिने गतिविधिको सांकेतिक विरोध हो ।

मल्लिकाले आफूलाई सांकेतिक रुपमा वेश्यालयमा रहेको उल्लेख गरिन् । ती वेश्यालयहरुमा कम उमेरका केटीहरुलाई बन्दी बनाएर यौनजन्य क्रियाकलापमा वाध्य बनाएर संलग्न गराइन्छ ।

Photo Source: Twitter Page



प्रतिक्रिया दिनुहोस्