Logo

प्रसिद्ध धार्मिक स्थल पद्मनाभ स्वामी मन्दिर



पद्मनाभ स्वामी मन्दिर भारतमा केरल राज्यकोे तिरुअनन्तपुरममा स्थित भगवान विष्णुको प्रसिद्ध हिन्दु मन्दिर हो । भारतको प्रमुख वैष्णव मन्दिरमा रहेको ऐतिहासिक मन्दिर तिरुअनंतपुरमका अनेक पर्यटन स्थल मध्ये एक हो । पद्मनाभ स्वामी मन्दिर विष्णु भक्तको महत्वपूर्ण आराधना स्थल हो । मन्दिरको संरचनामा सुधार कार्य भइरहेको छ । १७५० ई. मा मन्दिरको पुनर्निर्माण त्रावनकोरका महाराजा मार्तड वर्माले गराएका थिए ।

पौराणिक मान्यता अनुसार सबैभन्दा पहिले त्यस स्थानमा विष्णु भगवानको मूर्ती भेटिएको थियो । त्यसपछि उक्त मन्दिरको स्थापना गरिएको हो ।

मन्दिरको गर्भगृहमा भगवान विष्णुको विशाल मूर्ती विराजमान छ । जसलाई हेर्नको लागि हजारौ भक्तनजहरु टाढा टाढा देखि आउने गर्दछन् । मूर्तीमा भगवान विष्णु शेषनागमाथि सुतिरहेको अवस्थामा विराजमान भएको देख्न सकिन्छ ।

तिरुअनंतपुरम नाम भगवानको ’अनंत’ नामक नागको नामबाट राखिएको जनविश्वास रहेको छ । त्यस ठाउँमा भगवान विष्णुको आराम अवस्थालाई ’पद्मनाभ’ भनिन्छ, र त्यस रुपमा विराजित भगवान त्यहाँ पद्मनाभ स्वामी नामबाट प्रख्यात छन् ।

पद्मनाभ स्वामी मन्दिर केरलका प्रसिद्ध धार्मिक स्थल मध्ये एक हो । केरल संस्कृति एवं साहित्यको अनौठो संगम हो । त्यसको एक तर्फ सुन्दर समुन्द्री किनार रहेको छ र दोस्रो तथा पश्चिमी घाटमा पहाडको अद्भुत नैसर्गिक सौंदर्य, यी सबै अमूल्य प्राकृतिक कोषमा स्थापित छ ।

मन्दिर दक्षिण भारतको उत्कृष्ठ मन्दिर हो । मन्दिरको भित्र हिन्दु धर्मका धर्मावलम्वीहरु मात्र जान पाइन्छ । प्रवेश गर्नका लागि पुरुषहरुले सेतो धोती र महिलाहरुले साडी अनिवार्य रुपमा लगाउनुपर्छ ।  मन्दिरको सातौ ढोका सबैका लागि रहस्यमय छ । त्यस ढोकालाई नाग बन्धम र नाग पाश्याम मन्त्रले बन्द गरिएको छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्