Logo

पद्मनाभ स्वामी मन्दिरको रहस्य



७० वर्षको एक व्यक्ति भारतीय गुप्तचर विभाग तथा आइभीका पूर्व आइपिएस अधिकारी टीपि सुन्दर राजनले सन् २००७ मा एक अकल्पनीय काम गरेका थिए । उनले उच्च न्यायलयमा मन्दिरको सम्पत्ति सार्वजानिक गर्नका लागि मुद्धा दायर गरेका थिए । अदालतले त्यस मन्दिरमा रहेका सम्पूर्ण गुप्त रुपमा रहेका ढोकाहरु खोल्ने आदेश दिएको थियो । ढोका खोलिएर हेर्दा एक लाख करोड बराबरको गरगहना भेटिएको थियो ।

३० जुन २०११ मा सर्वोच्च न्यायलयको आदेशमा सात जनाको समिति बनाएको थियो । टीपि सुन्दर सात समिति मध्ये एक थिए । समितिले मन्दिरको गर्भगृहमा प्रवेश गरेर सात ढोकाको निरीक्षण गरे । त्यसको एक महिनापछि न्यायलयले त्यहाँ भएका सबै सम्पत्तिहरुको मुल्यांकन गर्ने आदेश दियो । मन्दिरको ढोका खोलेपछि सुनका सिक्का, आभुषण,सुनको धागोबाट बनेको बस्त्र,सुनका मूर्ती,भाँडाकुँडा,अमुल्य हिरा जस्ता सुनका प्राचिन सामग्रीहरु भेटिएका थिए । उक्त गहनाहरु १ लाख २० हजार करोड अर्थात १२ लाख करोड बराबरको सामग्री भएको अनुमान गरेका छन् ।

मन्दिरका ढोका खोल्दै जाने क्रममा सातौ ढोका मध्ये एक ढोका आज पनि रहस्यमय छ । जब समित अन्तिम ढोका खोल्न पुगे ढोका खुलेन । त्यहाँ तीन ढोका बलिया थिए । पहिलो ढोका फलामबाट बनेको ढोका खोले त्यसको भित्र दोस्रो ढोका काठको छडीबाट बनेको थियो । उक्त ढोका खोलेपछि त्यहाँ तेस्रो ढोका जुन फलामले बनेको थियो । जसलाई खोल्न सकिदैन्थ्यो । त्यस ढोकामा कुनै साँचो लगाइएको थिएन र ढोकामा डर लाग्दो सर्पको आकृति बनाइएको थियो । भन्एिको छ कि यस ढोका खोलेमा नराम्रो हुनेछ । मन्दिरका सेवकको भनाइ अनुसार ढोका एक मन्त्रको माध्यमबाट बन्द गरिएको छ । जसलाई अष्ट नाग बन्धम मन्त्र र नाग पाश्याम मन्त्र भनिन्छ ।

मन्दिरका पण्डित अनुसार “भित्र जे छ एक सापबाट ग्रसित रहेको छ । ढोकाबाट जबरजस्ती कोही जान्छ भने उ विरामी हुने गर्छ ।”
त्यस ढोका खोलिएको तीन हप्तापछि टिपी सुन्दर राजनको मृत्यु भएको थियो । त्यस ढोकामा कान राखेर सुन्दा पानीको आवाज आउँछ र ढोका खोले पानी भरिन लाग्छ । जसले गर्दा मन्दिर पानीले डुब्ने र भाँसिने साथै तहसनहस हुने हुँदा ६ ढोकाको सुरक्षार्थ यस्तो ढोका बनाएको पूजारीको भनाइ छ ।

मन्दिरका इतिहासकारका अनुसार मन्दिरमा आक्रमण गर्ने र सम्पत्ति चोर्ने र ढोका खोली मन्दिरको धोस्त गर्न नसकुन भन्ने हेतुले बनाइएको हो । ढोकाको पछाडि एउटा ठूलो नाग रहेको छ । जसलाई भगवान विष्णुको रक्षक शेषनाग भन्ने गरिन्छ । जो व्यक्ति त्यस ढोकामा जान्छ त्यो अवश्य नै मृत्युको मुखमा जाने धार्मिक मान्यता रहेको छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्