Logo

सौर्य मण्डललाई परिक्रमा गर्दै धूमकेतु



इन्टेसटेलर धूमकेतुले सौर्य मण्डलको परिक्रमा गरेको तस्बिर खगोलविद्हरुले सार्वजनिक गरेका छन् । २ आइ बारिसोभ नाम गरेको इन्टेसटेलर धूमकेतुले निरन्तर रुपमा सौर्य मण्डलको परिक्रमा गरिरहेको जनाइएको छ । २०१७ मा आउमुआमुआ घूमकेतुपछि यो दोस्रो घूमकतु हो जसले हाम्रो सौर्य मण्डलको परिक्रमा गरिरहेको छ ।

डब्लू केक वेधशालाको कम रिजोलुसन इमेजिंग स्पेक्ट्रोमिटरद्धारा गर्मीको मौसममा धूमकेतूले परिक्रमा गरेका विज्ञहरु वताउँछन् । त्यस धूमकेतुको पुच्छर करिब एक लाख माइलसम्म फैलिन सक्ने अनुमान गरिएको छ । पूथ्वी भन्दा १४ गुणा ठूलो आकार धूमकेतुको रहेको जनाइएको छ । डिसेम्बर आँठमा पूथ्वीको नजिक आउने जनाइएको छ ।

बोरिसोभ अर्को ग्रहबाट फालिएको विज्ञहरुले अनुमान लगाएका छन् । सूर्यको किरणले नयाँ धूमकेतुको रङ परिवर्तन समेत गर्न सक्ने जनाइएको छ । अप्रील २०२० मा धूमकेतुको आकार पूर्ण रुपले पत्ता लाग्ने छ । Photo Source : CNN



प्रतिक्रिया दिनुहोस्