Logo

मानिसलाई भन्दा जनावरलाई किन थाहा हुन्छ भुकम्पको अनुभुति



मानिसहरु जीवन चक्रको उच्च स्थानमा रहको छ । मानिसहरु सबैभन्दा बुद्धिमानी प्राणी मानिन्छ । तर जनावरहरुको बुद्धि नभएपनि उनीहरुको रहन सहन बाच्नको लागि धेरै प्रवल हुने गर्छ । समय अनुसार सबै जनावरहरु आफूलाई ढाल्न सक्षम हुने गर्छ । त्यसैगरि पृथ्वीमा हुने प्रत्येक गतिविधीको जनावरहरुलाई महसुस हुने गर्दछ ।

विभिन्न गतिविधीको महसुस गरेर आफ्नो जीवन सुरक्षीत गर्छन् । भूकम्प यस्तो प्रकारको विनाशकारी शक्ति हो जसको आगमनको अनुभुति कुनै मानिस अथवा विज्ञहरुलाई पनि थाहा पाउँन कठिन हुनेगर्छ ।  प्राय जनावरहरुलाई भूकम्प आउने महसुस हुने गर्दछ । भूकम्प आउँदा पृथ्वीमुनि रहेको चट्टानहरु हल्लने गर्दछ । यी चट्टानहरु हलेको महसुस जनावरले पहिले अनुमान गर्दछ ।

भूकम्प अघि पृथ्वीमुनि विद्युतीय संकेतहरु समेत उत्पन्न हुने गर्छ । जसलाई जनावरले पहिले मापन गर्ने क्षमता राखेको छ । त्यस प्रकारको विद्युतीय संकेत मानिसलाई थाहा पाउन कठिन हुने गर्छ । विभिन्न ठाउँमा भूकम्प आउँदा प्राय जनावरहरु आफ्नो ज्यान बचाउँन आत्तिने, अनौठो गतिविधी गर्दौ आएको समेत देखिएको छ । यसकारण जनावरले भूकम्पको महसुस मानिस भन्दा पहिले गर्दछ । Photo Source : Orvisnews



प्रतिक्रिया दिनुहोस्