Logo

ज्यान जोगाइदिंदा अपमान ठान्ने दुर्योधनको दुष्ट सोच



जीवन मन्त्र : भनिन्छ नराम्रो बानी भएको व्यक्तिसंग राम्रो व्यवहार गर्यो भने विस्तारै विस्तारै उसको स्वभाव बदलिदै जान्छ । तर, कोही व्यक्तिको मामलामा भने यो उल्टो पनि हुनसक्छ ।

दुष्ट व्यक्तिलाई तपाई जति राम्रो गरेपनि वा जति सहयोग गरेपनि उसको स्वभाव बदल्न सकिदैन । यस्ता व्यक्ति राम्रा मानिसको संगतमा रहुन्जेल राम्रो र नराम्रो व्यक्तिको सम्र्पकमा आउने बित्तिकै फेरी पुरानो स्वभावमा फर्कने गर्छन् । यस सन्र्दभमा महाभारतको एउटा रोचक घटना छ ।

जुवामा हारेका पाण्ड वनबासको क्रममा काम्यक वनमा बसेका थिए । यो कुरा दुर्योधनलाई थाहा भएपछि शिकारको बहानामा उनले त्यही ठाँउमा पाण्डबहरुलाई जलाउनको लागी बडो तामझामको साथ शिविर राखे । एकदिन पछि दुर्योधनको गन्र्धवसंग विवाद भयो । गन्र्धवले दुर्योधनलाई थुनेर राखिदिए । यो कुरा युधिष्ठिरलाई थाहा भयो र उनले आफ्ना भाई अर्जुन र भीमलाई भाई दुर्योधनलाई छुटाउनका लागि आग्रह गरे ।

उनीहरुमध्ये एक भाई दुर्योधनलाई छुटाउनको लागि वनमा नै पाठ गरि बस्ने र छुटाउन मद्दत गर्ने प्रण गरे । यसरी वनमा नै बस्दै गएका पाण्डवहरुले एकदिन गन्र्धवलाई हराएर आफ्ना भाई दुर्योधनलाई छुटाए ।

यस घटनाबाट दुुुर्योधन आफु अत्यन्त अपमानित भएको महसुस गदै उनको मनमा आत्महत्या गर्ने विचार पनि आयो । र उनले अन्न र जल त्याग गरी उपवासकोे नियम पालना गर्न थाले । यो कुरा पातालबासी दैत्यले थाहा पाए । उनले दुुुर्योधनलाई भने तपाईको सहायताको लागी सबै राक्षस पृथ्वीमा आइसकेको छन् त्यो सुनेर दुुुर्योधनले आत्महत्या नगर्ने विचार गरे र गुप्तवास समाप्त भएपछि पाण्डवका सत्यनास गर्ने प्रतिज्ञा पनि गरे ।



प्रतिक्रिया दिनुहोस्