Logo

टुटेफुटेका मुर्ति किन घरमा राख्न हुदैन



घरमा देवी देवताको मूर्ति राख्ने पुरानै परम्परा हो । यो प्रचलन आजपर्यन्त चल्दैछ । मानिसहरु मूर्तिको पूजा गर्छन् र हरेक विहान दर्शन गर्छन् । घरबाट बाहिर निस्कनुअघि मूर्तिलाई नमस्कार गरेर निस्कन्छन् ।

दैनिक बिहान बेलुका घरको मन्दिरमा पुजा गर्दा मनमा सकारात्मक सोच बढ्छ र मनमा शान्ति हुन्छ । देवि देवताको मूर्ति भएको घरमा वास्तु दोष पनि कम हुन्छ । वातावरण पनि सुखद रहने ज्योतिषहरुको भनाई छ । मुर्तिबारे एक विषयमा भने धरैै ध्यान दिनु पर्ने हुन्छ । फुटेको, चोट लागेको र घरमा धेरै मूर्ति राख्नबाट जोगिनु पर्छ । टुटेफुटेको मूर्तिबारे थप जानकारीः

पुजा गर्दा फल पाइदैन

शिवलिंग बाहेक अन्य सबै चोट लागेको भगवानको मूर्तिलाई पुजनिय मानिदैन । चोट लागेको मूर्तिबाट फल नपाइने र पुजा गरेपनि फल नपाइने मान्यता छ । टुटेको मूर्ति देख्नासाथ हाम्रो मन भट्किन जाने र मन एकाग्रता नहुने हुनाले मनमा अशान्त भई राख्छ ।

घरमा वास्तु दोष बढ्न सक्छ

वास्तु को मान्यता नै छ की घरमा राखेको टुटेको फुटेको चिजका कारणले वास्तुदोष बढ्न सक्छ । यस दोषको कारण घरमा नकारात्मक बनिरहेको हुन्छ । पुजा गर्ने समय भगवानको मुर्तिको ध्यानमा लाग्दा तनाव दुर गर्दछ , तर मूर्ति टुटेको ध्यान नै हुदैन र घरमा समस्या आउछँ यदि टुटेको फुटेको मुर्ति छ भने तुरुन्त हटाउनु पर्छ ।

शिवलिंग टुटेफुटेको पनि चल्छ

भनिन्छ शिवलिंगको निश्चित आकार नै हुदैन यसकारण टुटेफुटेका पनि पुज्न मिल्छ र फल पनि प्राप्ती हुन्छ । शिवलिंगलाई संवेदनशील मानिन्छ, यसैले औला भन्दा सानो शिवलिंग राख्नु पर्छ । घरको लागि सानो शिवलिंग बढी शुभ रहन्छ । Photo Source : Wikipedia



प्रतिक्रिया दिनुहोस्