Logo

२०१९ को अन्तिम सूर्यग्रहणमा कुन राशिलाई कस्तो असर



सूर्य ग्रहण लाग्नु भन्दा १२ घण्टा अघि शुरु हन्छ सुतक, यो नसकिंदा सम्म पूजा पाठ गर्न नहुने धार्मिक मान्यता छ । यसवर्षको २६ डिसेम्बरमा सूर्य ग्रहण लाग्छ । यो वर्षको अन्तिम ग्रहण हो ।

जीवन मन्त्रः २६ डिसेम्बर, विहिवार सुर्यग्रहण लाग्ने दिन हो ।

यो ग्रहण भारतको साथसाथै एशिया,अफ्रिका, र अस्ट्रेलियाबाट देख्न सकिन्छ । २०१९ को अन्तिम सूर्य ग्रहण खण्डग्रास रहन्छ । दक्षिण भारतमा कंकणाकृति सूर्य ग्रहण देखिनेछ ।

सूर्य ग्रहणका समय : विहिवार, २६ डिसेम्बरको दिन बिहान ८।१९ बजे शुरु भई ११।१२ बजे सम्म । यो दिन पौष मासको अमावस्य तिथि हुनेछ ।

ग्रहण संग जोडिएको धार्मिक मान्यता :

पुरानो समयमा समुन्द्र मन्थन भएको थियौ । त्यसमा देवता र राक्षसहरुले भाग लिएका थिए । जब समुन्द्र मंथन बाट अमृत निस्कियो यसका लागी देवता र दानवबीच युद्ध हुन लाग्यो । त्यति बेला भगवान विष्णुले मोहिनी अवतार लिएर देवताहरुलाई अमृतपान गराए । यसै समयमा राहु नामका असुरले पनि देवताको रुपधारण गरि अमुत धारण गराउन लाग्दा चन्द्र र सूर्यले राहुको पहिचान गरी भगवान विष्णुलाई बताई दिए ।

विष्णु क्रोधित भएर राहुको टाउको र शरीर अलग गरिदिए । तैपनि राहुको मृत्यु भएन कीनकी राहुले अमृत पिइसकेका थिए । यस घटना पछि राहु, चन्द्र र सूर्यको शत्रुता बढ्यो । त्यसपश्चात समय समयमा ग्रहणले ग्रहलाई ग्रसित बनाउछँ । यसै घटनालाई सूर्य ग्रहण र चन्द्र ग्रहण भनिन्छ ।

कहिले लाग्छ सुर्य ग्रहण:

जब पृथ्वीमा चन्द्रको छाँया पर्छ, तब सूर्य ग्रहण लाग्छ । यो समयमा सुर्य, चन्द्र र पृथ्वी एक लाइनमा आउछँ । ग्रहण लाग्नु भन्दा १२ घण्टा पहिले शुतक शुरु हुन्छ ,तर यो ग्रहणको शुतक नेपाल र भारतमा लाग्दैन, किनकी यस क्षेत्रबाट सूर्य ग्रहण देखिदैन ।
सुर्य ग्रहणको समयमा के गर्ने

ग्रहणका समयमा मन्त्र जप गर्नु पर्दछ । यो बेला पुजा–पाठ गर्नु हुदैन । ग्रहण सकिएपछि घरको सबै ठाँउमा सफा गर्नु पर्छ । ग्रहण भन्दा पहिले खाने कुरामा तुलसीको पात राख्नु पर्छ । यसरी खानामा राख्दा ग्रहणको नकरात्मक किरणको असर पर्दैन ।पूर्णिमामा पितृको पुजा गर्ने पूर्णिमा तिथिमा घरको पितृ देवताको पूजा गर्नु पर्छ । यो तिथिमा तर्पण एंव श्राद्ध गर्ने परम्परा हुन्छ ।

ग्रहणको राशीमा असर :

यस सूर्य ग्रहणको सबै १२ राशिमा असर हुन्छ । मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्रिक, धनु , मकर राशिको लागी सुर्य ग्रहणले अशुभ फल दिनेछ । कर्कट, तुला, कुम्भ र मिन राशिको लागी ग्रहण शुभ फल दिनेछ । यी राशी हुनेलाई लाभ मिल्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्