Logo

कालापानीबारे वार्ता आरम्भ, भारतलाई प्रमाण देखाइने



काठमाडौं, १२ मंसिर । सरकारले कालापानीबारे भारतसँग वार्ता आरम्भ भइसकेको खुलाएको छ । अनौपचारिक रुपमा चलेको वार्ता औपचारिक बन्दा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भएको प्रमाण पेश गर्ने भएको छ ।

सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटोले वार्ताको आरम्भ भइसकेको खुलाए । उनले सीमा विवाद पुरानै हो भन्दै वार्ताबाट समाधान निकालिने बताए । उनले भने, ‘समस्या सभाधानका लागि हामीले वार्ताको आरम्भ गरिसकेका छौं ।’

कालापानीमात्र नभई लिम्पियाधुरासम्म नेपालको भू-भाग रहेको प्रमाण सरकारसँग रहेको भन्दै त्यसलाई वार्ताको टेबुलमा पेश गर्ने बताए । उनले भने, ‘हामी प्रमाणसहित भारतसँग टेबुलमा प्रस्तुत हुन सक्छौं ।’ सरकारले कुटनीतिक तरिकाले सीमा समस्या समाधान गर्ने उनको भनाई थियो ।

भारतको राजपत्रमा पनि कालापानी, लिम्पियाधुरा र सुस्ता नेपाल भएको प्रमाण फेला परेको बताए । लिम्पियाधुरासम्म नेपालको सीमा रहेकोमा नेपाल सरकार स्पष्ट रहेको उनले बताए ।

 

Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्