Logo

राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिन अस्पतालमा



काठमाडौं, १२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज साँझ अस्प्ताल पुगेकी छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाकाअनुसार आज साँझ महाराजगन्जको त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्नुका साथै स्वास्थ्य अवस्थामा भइरहेको सुधारप्रति खुसी र सन्तोष व्यक्त गरेको जनाइएको छ । प्रधानमन्त्री ओली सो अस्पतालमा उपचाररत् छन् । उनको स्वास्थ्यमा सुधार हुँदै गएपनि सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्ने अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीको गएको मंगलबार ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको थियो । अस्पतालका निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको उल्लेख छ । विज्ञप्तिमा शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको जनाइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको र आफ्नो स्वास्थ्य सम्बन्धमा मिडियामा आएका समाचारबारे जिज्ञासा राखेको जानकारी दिए । तस्विर : सुर्य थापाको फेशबुकबाट



प्रतिक्रिया दिनुहोस्