Logo

मध्यमेवा जलविद्युत् आयोजना स् ९ अर्ब २६ करोड लगानी सम्झौता



काठमाडौं, १३ मंसिर । निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको ४९ मेगावाटको अर्धजलाशय ९पिकिङ रन अफ रिभर—पीआरओआर० मध्यमेवा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि बिहीबार सम्झौता भएको छ। कुल अनुमानित लागत ९ अर्ब २६ करोड रुपैयाँ रहेको यस आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाबाट ७५ प्रतिशत ९६ अर्ब ९४ करोड रुपैयाँ० र स्वपुँजी २५ प्रतिशत ९२ अर्ब ३२ करोड रुपैयाँ लगानी हुनेछ।

आयोजना क्षेत्रका वासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्याइएको छ। यसैगरी आयोजनामा बिजनेस अक्सिजनको समेत स्वपुँजी लगानी हुनेछ। सर्वेक्षण अनुमतिपत्र प्राप्त भएको ३ वर्षभित्रै प्रवद्र्धक कम्पनीले आयोजनाको सम्पूर्ण अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता पीपीए र वित्तीय व्यवस्थापन सम्पन्न गरी निर्माणको चरणमा पुर्‍याएको हो। सम्झौताअनुसार हिमालयन बैंकले लिड बैंकका रूपमा १ अर्ब ५० करोड, नेपाल इनफ्रास्ट्रक्चर बैंकले सहलिड बैंकका रूपमा १ अर्ब ५० करोड र सहभागी बैंकको रूपमा कुमारी बैंकले १ अर्ब २५ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब करोड, एनसीसी बैंकले १ अर्ब र सानिमा बैंकले ६९ करोड ५ लाख लगानी गर्नेछन।

सम्झौतामा कम्पनीका तर्फबाट भानु पोखरेल, हिमालयन बैंकका तर्फबाट शंकर जोशी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकका तर्फबाट रबिन श्रेष्ठ, कुमारी बैंकका तर्फबाट भुषण तण्डुकार, नेपाल एसबीआई बैंकका विनोद ढुंगेल, एनसीसी बैंकका सुजन श्रेष्ठ र सानिमा बैंकका सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्। आयोजनाको प्रवद्र्धक कम्पनी मेवा डेभलपर्स ऊर्जा डेभलपर्स प्रालिको ग्रुप कम्पनी हो। ऊर्जा डेभलपर्स नेपालमा दिगो जलविद्युत् विकास गर्ने उद्देश्यले प्रतिष्ठित व्यावसायिक घरना सीई ग्रुप, ऊर्जाविद् भानु पोखरेल र ऊर्जा तथा जलनीतिविज्ञ मोहनदास मानन्धरको रणनीतिक साझेदारीमा स्थापित कम्पनी हो।

कम्पनी स्थापनाको ३ वर्षभित्रै ऊर्जा डेभलपर्सले ग्रुप कम्पनीमार्पmत आरम्भ गरेको दुईवटा जलविद्युत् आयोजना माइबेनी ९९।५१ मेगावाट० र तल्लो जोगमाई ९६।२ मेगावाट अगामी एक वर्षभित्र निर्माण सम्पन्न हुनेछ। कम्पनीले एक वर्षको अवधिमा वित्तीय व्यवस्थापन सम्पन्न गरी निर्माण आरम्भ गर्न लागेको यो तेस्रो आयोजना हो। आयोजनाबाट स्थानीय वासिन्दासितको सहकार्यमा पहुँच मार्ग र अन्य पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिसकेको र आगामी माघ महिनादेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीका प्रबन्ध निर्देशक भानु पोखरेलले बताए। उनले निर्माण थालनी भएको ४२ महिनाभित्र आयोजना पूर्णरूपमा सञ्चालनमा आउने जानकारी दिए। द्र्धक कम्पनी मेवा डेभलपर्सका अध्यक्ष तथा सीई कन्स्ट्रक्सनका अध्यक्ष एवं प्रबन्ध निर्देशक विजयबहादुर राजभण्डारीले जलविद्युत् क्षेत्रमा पछिल्लो समयमा विद्यमान प्रतिकूल वातावरणबीच पनि मध्य मेवा आयोजनाका लागि स्वपुँजी लगानी गर्न सकिएको र नेपालका प्रतिष्ठित बैंक ऋण लगानी गर्न तत्पर भएका कारण छोटो समयमा वित्तीय व्यवस्थापन गर्न सम्भव भएको बताए। उनले जलविद्युत् आयोजना न्यूनतम् लागत, उच्च गुणस्तर तथा प्रतिस्पर्धी मूल्यमा निर्माण गर्नेतर्पm ऊर्जा डेभलपर्स उन्मुख रहेको जानकारी दिँदै मुलुकको आन्तरिक तथा क्षेत्रीय बजार अध्ययन गरी आगामी दिनमा जलाशय ९स्टोरेज० र अर्धजलाशययुक्त ९पीआरओआर० आयोजना निर्माण गरिने बताए।

अध्यक्ष राजभण्डारीले भने,‘हाम्रो कम्पनीले एउटै क्षेत्रमा साझा पूर्वाधार तथा संरचना स्रोत उपयोग ९टेरिटोरियल क्यासकेड० गरी जलविद्युत् आयोजना निर्माण गर्दै जाने लक्ष्य लिएको छ।’ अध्यक्ष राजभण्डारीले आयोजनामा बैंक तथा वित्तीय संस्था पनि विश्वस्त भएकाले छोटो समयमा लगानी सम्झौता सम्भव भएको बताए। सीई कन्स्ट्रक्सन आवास विकास, पर्यटन र पूर्वाधार विकास तथा निर्माण क्षेत्र करिब तीन दशकदेखि सक्रिय छ। आयोजना सम्पन्न भएपछि सुक्खायाममा दैनिक ६ घण्टा पिकिङ ९पूर्णक्षमता० र वार्षिक २९०।७६ गिगावाट आवर ९२९ करोड युनिट० विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ। उत्पादित विद्युत् आयोजनास्थल मिखुवाखोला गाउँपालिकादेखि करिब १४ किलोमिटर दूरीमा रहेको विद्युत् प्राधिकरणको कोसी कोरिडोर अन्तर्गतको ढुंगेसाँगु सबस्टेस्नमा जोडिनेछ। सवस्टेन प्राधिकरणले निर्माण गरिरहेको छ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्