Logo

रद्द गरिएका कम्पनी फेरि छानिए



काठमाडौं, मंसिर १३ । काठमाडौं–तराई मधेस द्रुतमार्गको परामर्शदाता कम्पनी छान्दा मापदण्ड चुहावट भएको भन्दै पहिले छानिएका कम्पनीको प्रक्रिया रद्द गरेको नेपाली सेनाले नयाँ प्रक्रियाबाट पुनः परामर्शदाता कम्पनी छानेको छ ।

नयाँ प्रक्रियाबाट परामर्शदाता कम्पनी छान्न पुनः टेन्डर आह्वान गरिएकामा २२ विदेशी कम्पनीले इच्छापत्र बुझाएका थिए । त्यसमध्ये बुधबार मात्रै ६ वटा कम्पनीलाई सेनाले छानेको हो ।

नयाँ प्रक्रियाबाट छानिएका कम्पनीमा समेत दुई वटा पुरानै प्रक्रियामा समावेश भएका र मापदण्ड चुहावटका कारण टेन्डर रद्द हुनेमा परेका कम्पनी छन् ।

रद्द भएका कम्पनीमध्ये सुसुङ इन्जिनियरिङ र सिंगापुरको मेनहार्ड फेरि अन्तिम ६ कम्पनीको सूचीभित्र परेका हुन् । नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठको नेतृत्वमा रहेको द्रुतमार्ग आयोजनाले अन्तिम ६ वटा कम्पनीको सूची सार्वजनिक गर्दा ती कम्पनी फेरि अटाएका हुन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्