Logo

डोजरले खनेको हेर्न जाँदा बालकको ज्यान गयो



काठमाडौँ, १३ मंसिर । डोजरले बाटो खनेको हेर्न गएका एक बालकको मृत्यु भएको छ। तनहुँ आँबुखैरेनी लेस्थरबाट बरालुङबेसी जोड्ने कच्ची सडक खनेको हेर्न गएका विशाल भुजेलको ढुंगाले लागेर मृत्यु भएको हो।

टाउकोमा चोट लागेका उनको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाई छ। सोही घटनामा ७० वर्षका बुद्धराम भुजेल र उनका नाति स्थानीय ११ वर्षका सोमे भुजेलको टाउकोमा चोट लागेको छ। उनीहरुको भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्