Logo

राती १२ बजेदेखि सार्वजनिक यातायात बन्द



काठमाडौं, मंसिर १३ । शनिबार हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा निर्वाचन क्षेत्रसँग सम्बन्धित ठाउँहरूमा सार्वजनिक सवारीसाधन नचल्ने भएका छन्।

उपनिर्वाचनलाई दृष्टिगत गर्दै उक्त क्षेत्रमा शुक्रबार राति १२ बजेपछि एम्बुलेन्स, दमकल, सुरक्षा निकाय, पर्यवेक्षक, सञ्चारमाध्यम बाहेकका अन्य सवारीसाधन नचल्ने भएका हुन्।

स्थानीय प्रशासनले शान्तिसुरक्षाको अवस्थालाई ध्यानमा राखेर ती क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री र सेवनमा समेत प्रतिबन्ध लगाएको हो।



प्रतिक्रिया दिनुहोस्