Logo

ट्रान्सपोर्ट एण्ड टुरिजम सम्मेलन हुने



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई भब्यरुपमा सफल बनाउन विभिन्न प्रचारात्मक कार्य र अभियान संचालन भईरहेका छन् । सोहि सन्दर्भमा, वेल्ट एण्ड रोड इनिसेटीभ पनि जोडिने भएको छ ।

वेल्ट एण्ड रोड इनिसेटीभ र नासा फाउन्डेसनले आगामी डिसेम्बर १३ र १४ तरिखमा भ्रमण वर्ष २०२० ट्रान्सपोर्ट एण्ड टुरिजम इन्टग्रेसन शिर्षकमा कार्यशाला संचालन गर्ने भएको हो ।

चिनीयाँ हाइवे एण्ड ट्रान्सपोर्ट सोसाइटी तथा नेपाल अटोमोवाइल्स एसोसिएसन ९नासा०को आयोजनामा हुने सो कार्यशालाको उद्घाटन नेकपा अध्यक्ष पुष्पकमल दहालले गर्ने विज्ञप्तीमा उल्लेख छ ।

सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको विशेष प्रस्तुति रहने तथा ७ वटै प्रदेश सरकारका पर्यटकीय निकायहरुको समेत सहभागिता रहने उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्