Logo

चर्चको संयोजनमा ७२ करोडको लगानी



काठमाडौ, मंसिर १३ । डेनमार्कको एक चर्चको संयोजनमा काठमाडौं उपत्यकासहित १६ जिल्लामा जलवायु परिवर्तन अनुकूल निर्माण सामाग्री उत्पादनका लागि ७२ करोड लगानी हुन लागेको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यकारी समितिको १२२ औं बैठकले डनचर्च एड नामक संस्थाको निजी आवास निर्माणमा जलवायु परिवर्तन अनुकूल निर्माण सामाग्रीको उत्पाबदन र उपभोग गर्ने तथा बढाउनेसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

परियोजनाको अवधि २४ डिसेम्बर २०२० सम्म तोकिएको छ । परियोजना काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, लमजुङ, गोरखा, तनहुँमा कार्यान्वयन हुनेछ ।

यस्तै, कास्की, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, चितवन, नवलपराउसी, पाल्पा र गुल्मीमा परियोजना कार्यान्वयन हुने प्राधिकरणको निर्णयमा उल्लेख छ ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्