Logo

चीन जाने खुलासा गर्दै प्रचण्डले भने-वार्ता र संवादबाट देशको भूमी रक्षा



काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड चीन भ्रमणमा जाने भएका छन् । प्रचण्ड आफैले चीन जाने खुलासा गरेका हुन् ।

नेपाल चीन मिडियो फोरमद्धारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू छिट्टै चीन भ्रमणमा जाने खुलाएका हुन् ।

प्रचण्डले आवेग र उत्तेजनाबाट भौगोलिक अखण्डताको रक्षा हुन नसक्ने समेत बताए । उनले संयम भई राष्ट्रिय एकताका साथ अगाडि बढ्न आग्रह गरे ।

सीमा विवाद कुटनीतिक तरिकाले वार्ता र संवादबाट समाधान गर्नुपर्नेमा उनको जोड थियो । उनले भने, वार्ता र संवादबाट देशको भूमिको रक्षा गर्नुपर्छ । प्रचण्ड छिमेकको विषयमा निकै संयम भएर प्रस्तुत भएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्