Logo

कांग्रेस सचेतक क्षेत्रीद्धारा गाडी दुर्घटनाप्रति दुःख व्यक्त



बुटवल, १३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस प्रदेश ५ संसदीय दलको सचेतक निर्मला क्षेत्रीले अर्घाखाँचीको नरपानिमा भएको सवारी दुर्घटना प्रति एक प्रेस विज्ञप्ती जारी गदै गहिरो दुःख व्यक्त गरेकी छिन् ।

सन्धिखर्कबाट बुटवलको लागि बुधबार दिउसो १स्३० बजे छुतेको बस नरपानीमा दुर्घटना हुँदा निधन हुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रती समवेदना प्रकट गरेकी हुन् ।

उनले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेको प्रभावकारी उपचारको लागि संबंधित निकायको ध्यानाकर्षण समेत गराएकी छिन् । सचेतक क्षेत्रीले जिल्लामा पटक–पटक सवारी दुर्घटना हुने गरेकोप्रति चिन्ता प्रकट गर्दै दुर्घटना हुनुको कारण पत्ता लगाई तत्काल समस्याको पहिचान गरि सरकार र संबंधित सरोकारवालालाई दीर्घकालीन समाधानका लाग्न समेत आग्रह गरेकी छिन् ।

सन्धिखर्क नपा ६ नरपानीमा लु.२ ख २१४८ नम्बरको बस दुर्घटना हुँदा ११ पुरुष,६ महिला ,१ बालक,१ बालिका समेत १९ जनाको ज्यान गएको छ । दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस्