Logo

रुसी राष्ट्रपतिलाई भ्रमणको निम्तो दिएर फर्किए परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं, १३ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुस र सर्वियाको भ्रमण गरी स्वदेश फर्किएका छन् । उनी भ्रमण छोट्याएर शुक्रबार फर्किएका हुन् ।

सोमबार रुस पुगेका ज्ञवालीले रुसी विदेशमन्त्री सेरगेई लेभरोभसँग भेटवार्ता गरी राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी राष्ट्रपति भ्लादिभिर पुटिनलाई पठाएको औपचारिक नेपाल भ्रमणको निम्तो हस्तान्तरण गरेका थिए । यो भ्रमणलाई पुटिनको नेपाल भ्रमणको पहलका रुपमा लिइएको छ ।

 मन्त्री ज्ञवाली सर्विया पुगी त्यहाँका विदेशमन्त्री इभिका डाकिकसँग भेटेका थिए । आज सर्वियाका राष्ट्रपतिसँगको भेटको कार्यक्रम रहेपनि उनी भ्रमण छोट्याएर स्वदेश आइपुगिसकेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्