Logo

मिसाइलको मार हेरेर उत्तर कोरियाली नेता किम मख्ख



उत्तर कोरियाले निकै ठूलो रकेट लन्चरको परीक्षण गरेको छ । रकेट लन्चर खतरनाक खालको थियो । एक सय किलोमिटर उचाईमा पुगेर ३८० किलोमिटर दूरीसम्म पुगेको थियो । यो उत्तर कोरियाले यो वर्षमात्र गरेको परीक्षणमध्ये १३ औं हो ।

लन्चरको परीक्षण उत्तर कोरियाली नेता किम जोङ उनले पनि प्रत्यक्ष अवलोकन गरेका थिए । सफल परीक्षणपछि उनी निकै प्रफुल्ल् भए । एकपछि अर्को लगातार गरिएको परीक्षणले कोरिया प्रायद्धीपममा तरंग ल्याएको छ ।

यस वर्ष २० भन्दा बढी मिसाइल परीक्षण गरेको भन्दै जापानले गम्भीरता देखाएको छ । एकजना जापानी मन्त्री सुगाले उत्तर कोरिया जापानका लागि मात्र नभई विश्व समुदायका लागि खतरा बन्दै गएको टिप्पणी गरे । यसैगरी, उत्तर कोरियाले जापानको समुन्द्रमा दुईवटा मिसाइल खसालिएको पुष्टि भइसकेको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्