Logo

मोदी र सी जिङपिङलाई भेट्दा प्रधानमन्त्रीले सीमा समस्यामा किन कुरा गर्नुभएन ? आनन्दप्रसाद ढुंगाना, नेता, नेपाली काँग्रेस



काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले सीमा विवादको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाएका छन् । उनीसँग सीमा र राजनीतिक गतिविधिका विषयमा ऋषि धमलाले गरेको कुराकानीः
अहिलेको अवस्थामा कांग्रेस कता छ ?
नेपाली कांग्रेस नेपालमै छ ।
देशमा केही गतिविधि देखिँदैन त ?
किन देखिँदैन ? नेपाली कांग्रेस एउटा जिम्मेवार पार्टी भएकाले जिम्मेवारीपूर्ण रुपमा काम गरिरहेको छ ।
भ्रष्टाचारको बारेमा कांग्रेस बोलेको देखिँदैन त ?
भ्रष्टाचारको विषयमा हाम्रा सभापतिले धेरै ठाउँमा भनिसक्नुभएको छ । उहाँले वाइडवडीदेखि विभिन्न अनियमितताको कुरालाई सरकारले अगाडि ल्याउनुप¥यो भन्नुभएको छ । भ्रष्टाचारीहरुलाई पहिचान गरेर कारबाही हुनुपर्छ भन्नुभएको छ ।
वाइडवडीको कुरामा कांग्रेसकै नेताको संलग्नता देखाइको छ नि ?
त्यसमा संलग्नता जसको देखिए पनि प्रष्ट रुपमा अगाडि ल्याउनुप¥यो नि । आरोप लगाउँदैमा भ्रष्टाचारी भइहाल्दैन नि । त्यसलाई प्रमाणित गर्नुप¥यो । हिजो कांग्रेसको पालामा जुन कारबाहीका प्रक्रिया अगाडि बढाएको छ, त्यसरी गर्न सक्नुप¥यो नि । कांग्रेस हिजो पनि भ्रष्टाचारको पक्षमा थिएन, अहिले पनि छैन । हामीले भनिसकेका छौं, ‘जो व्यक्ति भ्रष्टाचारको मुद्दामा प्रमाणित भएको छ, त्यो व्यक्ति पार्टीको सदस्यता बन्न पाइँदैन’ । हाम्रो दलसम्बन्धी ऐनमा पास गरिएको छ ।
ललिता निवास जग्गा प्रकरणमा पनि तपार्इंंंहरु बोल्नुभएन नि ?
किन बोलेको छैन ? ललिता निवास जग्गा प्रकरणदेखि वाइडवडी सबैखाले अनियमिततामा कांग्रेस दह्रो ढंगले कुरा उठाएको छ । सबैखाले नियमिततामा हामीले सम्बन्धित ठाउँमा कुरा उठाएका छौं । तपाईंहरुले चाहनुभएको होला, ‘क कांग्रेसले पनि हिजो एमालेले जस्तै कुनै निहु पाउनेबित्तिकै सडकमा गएर रेलिङ तोडोस्’ हामी जिम्मेवार पार्टीको सदस्य भएकाले त्यसो गर्न मिल्दैन । संसदमा प्रतिपक्षले जति भूमिका निर्वाह गर्नुपर्ने हो, बाहिर जति बोल्नुपर्ने हो त्यो हाम्रा सभापति लगायत अन्य साथीहरुले पनि बोल्नुभएको छ ।
आजसम्म भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ भनेर कांग्रेसले जुलुस निकालेको छ ?
भ्रष्टाचारीहरुलाई कारबाही हुनुपर्छ भनेर हाम्रो भ्रातृ संस्थाहरु धेरै पटक सडकमा आउनुभएको छ ।
सरकार बनेको २२ महिना हाराहारी भयो, तपाईंहरु एकपटक भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ सडकमा आउनुभयो ?
नेपाली कांग्रेस एउटा जिम्मेवार पार्टी हो । त्यसैले हामीले गर्नुपर्ने कामहरु पनि जिम्मेवारीका साथ गर्दछौं । त्यसको लागि कुनै कन्जुस्यार्इँ कांग्रेसबाट हुँदैन ।
सत्तासँग मिलीजुली खानुभएको छ भन्ने आरोप छ नि ?
मिलीजुली खाने भन्ने कुरै आउँदैन । त्यसरी खाने भएको भए हामी उपेन्द्र यादव जस्तो सरकारमा गइहाल्थ्यौं नि । फेरि मिलीजुली खाने कुरै गर्दैनौं । हिजोदेखि आजसम्म हामीले जिम्मेवार प्रतिपक्षको भूमिका खेलेका छौं ।
जनतामा भएको समस्या समाधान कांग्रेसले के गर्यो ?
समस्या हाम्रो देशमा ठूलो छ । नभएको भए १७/१७ हजार नेपालीले ज्यान गुमाउनुपर्ने थिएन । हिजोदेखि विभिन्न प्रतिकूल परिस्थितिहरु देशमा उब्जिए । त्यो कसैसँग लुकेको छैन । अहिलेको सरकारले आपूmलाई दुई तिहाईको भन्छ । त्यसले आपूmले गर्नुपर्ने काम गर्न सकेको छैन । भ्रष्टाचारको कुरा गर्दा सरकारले ठूला माछा समाउने कुरा ग¥यो, साना माछा पनि समाउन सकेन । यो सरकारले जति योजनाहरु ल्यायो । त्यसलाई खाली कुरामा मात्रै सीमित ग¥यो, कार्यान्वयन पक्षमा ल्याउन सकेन ।
लिम्पियाधुरादेखि कालापानीसम्मको सीमा विवादको कुरा आएको छ यी ठाउँमा नेपालको हो भन्ने प्रमाण तपाईंहरुसँग छ ?
यसको प्रमाण त १९५० सन्धीमै छ नि । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै हो भन्ने त पुराना नक्साहरुमा पनि देखिन्छ । यी ठाउँका कुरा हाम्रो सरकार भएको बेला उठाएका थियौं ।
कांग्रेसका चारजना नेताहरुले सरकारको नेतृत्व गर्दा खोइत कुरा उठाएको ?
सुशील कोइरालको पालानामा भारतका प्रधानमन्त्री आउँदा कुरा उठेको थियो । उहाँले चीन र भारतसँग सीमा सुरक्षाका बारेमा संयुक्त रुपमा ल्याएर समाधान गर्नुपर्छ भनेर । ती उठ्दै गर्दा अहिलेका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सी जिङपिङलाई भेट्नु्भयो । त्यतिबेला चीन र भारतले सम्झौता गर्दै गर्दा ‘हामी पनि तेस्रो मुलुक हौं, त्यहाँ छौं’ भनेर अहिलेका प्रधानमन्त्रीले भन्न सक्नुभयो, भन्नुभयो ? त्यतिबेला चीन र भारत निकालेका विज्ञप्तिमा यी कुरा आए ? आएनन् । त्यसैले अरुलाई आरोप लगाउन सजिलो छ, आफ्नो अनुहार पनि हेर्नुपर्छ ।
६० वर्षदेखि कालापानीमा भारतीय फौज बस्दा तपाईंहरु के हेरेर बस्नुभयो ?
पहिला पहल भएन भन्दैमा अहिलेका प्रधानमन्त्रीले भारत र चीन ट्रान्जिट प्वाइन्ट भनेर सम्झौता गरिरहँदा अहिलेका प्रधानमन्त्रीले चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्री दुवैलाई भेट्नुभयो । त्यहाँ यो कुरा किन राख्नुभएन ?
अहिले प्रधानमन्त्रीले कसरी ढिल गर्नुभएको त्यो हेर्न बाँकी छ हो ?
हामीले भनेकै कुरा हो ।
सञ्चारमन्त्रीले त कालापानी फिर्ता ल्याउँछौं भन्नुभयो नि ?
अहिले प्रतिपक्षले समेत यत्रो साथ दिएको बेलामा त परराष्ट्रमन्त्रीले वार्तालाई अगाडि बढाएको भए हुँदैन ?
देशको सीमाना त मिच्न पाउनुभएन नि ?
हो, कसैले मिच्न पाउँदैन । यो कुरा सर्वपक्षीय बैठकमा प्रस्ट रुपमा भनिएको छ । हाम्रा सभापतिले फोन गरेर नै भन्नुभएको छ । विभिन्न भ्रातृ संघ-संस्थाहरुले सरकारलाई सहयोग पुग्ने गरी जुलुस लगायतका कामहरु गर्नुभएको छ । यत्रो अपार समर्थन र सहयोग पाएको बेलामा पनि कम्युनिस्ट सरकारले उच्चस्तरीय कुटनीतिक पहल गर्न सक्दैन भने योभन्दा कमजोर र गैरजिम्मेवार सरकार अरु हुन सक्दैन । आधिकारिक रुपमा सरकारले अगाडि सर्नुप¥यो नि ।
कुटनीतिक पहल गर्न तपाईंहरु पनि चुक्नुभयो नि ?
यसमा हामी चुकेका छैनौं । कालापानीमा भारत सरकारले जुन समयमा सैनिक राख्यो, त्यो समय पञ्चायतकाल थियो । तर, नेपाली कांग्रेसमा आएदेखि नै यो कुरा नउठेको होइन । यसको लागि सचिवस्तरीय कुटनीतिक पहल थाल्नुपर्छ भनेर सुशील कोइरालाले पनि गर्नुभएको थियो । त्यसपछि खड्गप्रसाद ओलीजीको सरकार बन्यो, उहाँले त्यसलाई अगाडि बढाउनुपर्दैन ? त्यसपछि उहाँले भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतिलाई भेट्नुभएको छैन ? केपी ओली पहिलो चोटी चीन जाँदा विज्ञप्ति प्रकाशित भयो, त्यसको सीमाको कुरा उठाइएको छ ? छैन नि । सम्पूर्ण पार्टीपंतिदेखि जनसमुदायको समर्थन भएको बेला यो सरकारले काम गर्न सक्दैन भने म के भन्न सक्छु र ।
नेपाली कांग्रेस बेलामा महाधिवेशनसम्म नभएर कन्तबिजोग भयो नि ?
हाम्रो विधान अनुसार पहिला पनि नभएकै हो । त्यसलाई एक वर्षको विशेष अवधि थपिने गरिएको छ । अहिले पनि सकेसम्म समय गर्ने प्रयास छ ।
विगतका कुरा नगर्नुस् अहिले किन समयमा महाधिवेसन भएन ?
नेपाली कांग्रेस भनेको एउटा संघर्षशील पार्टी हो । यस महाधिवेशन आफ्नो समयमा गर्छ । हामीभन्दा पहिल्यै भएका मित्र पार्टीहरुले अहिलेसम्म महाधिवेशन गरेका छैनन् । हामीले महासमिति बसाएका छौं । त्यहाँ बसेर निर्णयहरु गरेका छौं । त्यसपछि संघीयताको आधारमा विधान बनाएका छौं । नेपाली कांग्रेस बाहेक अरुले संघीयताको आधारमा विधान बनाएका छन् ? जसरी संविधान बनेको छ, त्यसको आधारमा कांग्रेस विधान बनाएको छ । हाम्रो विधान ४ वर्षको अवधि छ ।
चार वर्षमा चाहिं किन गर्न सक्नुभएन ?
हामीले विधान नै बनाउन भ्याएका थिएनौं ।
के हेरेर बस्नुभयो विधानै नबनाइकन ?
अरु पार्टीले गरेका छैनन्, त्यसैले हामीले पनि गर्दैनौं भन्ने होइन । अरुले गरेपनि नगरेपनि हामी गर्छौं । संविधान पनि हामीले नै जारी गरेको हो । त्यसको बीचमा चार-चारवटा कम्युनिस्ट सरकार बने उनीहरुले संविधान जारी गर्न सकेनन् । निर्वाचन हामीले नै गराएका हौं । गिरिजाप्रसाद कोइराला भन्नुहुन्थ्यो, ‘कांग्रेस हारेपनि देश हार्नुहुँदैन’ । आज पनि कांग्रेस हारेको छ, तर देश र डेमोक्रेसीले हारेको छैन ।
तपाईंको पार्टीभित्र डेमोक्रेसी छ ?
कांग्रेसभित्र जति आन्तरिक डेमोक्रेसी अरु कुनै पार्टीमा छैन । कांग्रेसको जस्तो राम्रो विधान संसारमा कुनै पार्टीको छैन । बीपी कोइरालादेखि अहिलेसम्म मुलुकमा जति पनि परिवर्तनहरु भए त्यसको नेतृत्व कांग्रेसले मात्रै गरेको छ ।



प्रतिक्रिया दिनुहोस्