Logo

मुहारमा चमक ल्याउने उपाय



मुहार चम्किलो देखाउने रहर कस्मा नहोला । यसका लागि मुहारको हरेक अङ्गलाई सही तरिकाले स्याहार गर्नुपर्छ । मेकअप गर्नैपर्ने मिलाएर मात्र गर्नुपर्छ ।

आँखाको चमक
आँखामा चमक देखाउने सही तरिका हो आँखाभुईँको ठिक तल सुनौलो रङ्गको मात्रा मिलाएर लगाउने । यसलाई गोल्ड टच भनिन्छ । यो गोल्ड टचबाट आँखा अत्यन्तै राम्रो देखिन्छ । चमक पाउनको लागि अध्यारो रङ्गको सेट छान्नु पर्छ र आँखाको आसपास अलिकति ठाँउ छोडेर लगाउन सकिन्छ ।
यहाँ अरु भन्दा फरक र राम्रो देखिन परेलामा चमक ल्याउनु पर्छ । यो लगाउनु भन्दा पहिला आँखामा प्राइमर लगाउनु पर्छ । आजकल बजारमा चमकको लागि आई स्याडो बजारमा पाइन्छ ।

ओठमा चमक
आफूलाई चौंडा र ठ्रलो ओठ मनपर्छ भने चमक उपयुक्त हो । यो प्रयोग गर्ने हो भने तलको ओठको बीचमा चमक लगाउनु पर्छ । यो चमक प्रयोग पछि ओठ सुन्दर र फराकिलो देखिन्छ ।

गालाको हड्डीमा चमक
पार्टीमा अरु भन्दा राम्रो दखिनको लागी आफैले प्रयास गर्न सकिन्छ । यसका लागी धेरै प्रयास गर्नुपदैन तर राम्रोसंग गर्नुपर्छ । आफ्नो गालाको हड्डीमा हल्का मेकअप गर्नुपर्छ । त्यसपछि चमक लगाउनु पर्छ । यो मेकअप हरेक कार्यक्रममा राम्रो देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्