Logo

बेहोस बनाएर बलात्कार गर्ने पपस्टार जेल गए



उनीहरुले महिलालाई रक्सी पिलाए । अत्याधिक रक्सी पिएपछि महिला बेहोश भइन् । त्यसपछि बलात्कार गरे ।

यो घटना दक्षिण कोरियाको हो जहाँ दुई जना पपस्टार महिलालाई बलात्कार गरेको अभियोगमा जेल सजाय तोकिएका छन् । पप गायकहरु जुङ जुन योङ र चोइ जोङ हुनलाई छ र पाँच वर्ष जेल सजाय तोकिएको हो । उनीहरुमध्ये जङले महिलालाई दुव्र्यवहार गरेर भिडियो बनाएर साथीहरुलाई समेत देखाएका थिए ।

३० वर्षीय जङले महिलालाई रक्सी पिलाएर बेहोश बनाएर नग्न र सम्भोग गरेको अवस्थाको भिडियो बनाएर ग्रुप च्याटमा फैलाएको न्यायाधीशको ठहर छ । पीडित महिलालाई मनोरञ्जनको साधन बनाइउको समेत न्यायाधीशले फैसलामा उल्लेख गरेका छन् ।

यसै वर्षको शुरुमा यो काण्ड जानकारीमा आएपछि अनुसन्धानको दायरामा ल्याइएको थियो । यसबारे अनुसन्धान गहिरोसँग भएको थियो । न्यायाधीशले सजाय सुनाउँदा निकै कडा विषयहरु प्रकाश पारेका थिए ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्