Logo

ओलीलाई ‘डिस्चार्ज’ हुन समय लाग्ने



काठमाडौं, मंसिर १४ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकको टोलीले पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री ओली हाल खतरामुक्त अवस्थामा रहेको जनाएको हो ।

प्रधानमन्त्री ओलीले इम्युनोसप्रेसिभ ९शरीरको प्रतिरोध क्षमता घटाउने औषधि० लिइरहेका कारण एपेन्डिसाइटिस भएको ढिला मात्रै थाहा भएको र त्यसको संक्रमणका कारण जोखिमपूर्ण अवस्था आए पनि समयमा नै उपचार गरिएकाले स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमा नै राखिने र शल्यक्रियापछि हुनसक्ने संक्रमणको जोखिम हटेपछि मात्रै अवस्था हेरेर डिस्चार्ज गरिने चिकित्सकले स्पष्ट पारेका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र खतरामुक्त रहेको निजी चिकित्सक डा। दिव्यासिंह शाहले जानकरी दिइन् ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्