काठमाडौं, मंसिर १४ । सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा ६० सदस्यीय टोली चीन जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपाको जम्बो टोली त्यसतर्फ जान लागेको हो। नेकपाको टोली आगामी २४ गते चीन जानेछ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र दुई कम्युनिस्ट पार्टीबीच काठमाडौंमा भएको छलफलमा भ्रमण आदानप्रदान गर्ने सहमतिअनुसार नेकपाको टोली चीन जान लागेको नेताहरूले बताएका छन्।
दुई महिनाअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागले काठमाडौंमा सी विचारधाराबारे छलफल गरेका थिए। त्यस क्रममा दई कम्युनिस्ट पार्टीबीच भाइचाराको सम्बन्ध स्थापना गर्ने सहमति भएको थियो।




प्रतिक्रिया