Logo

महात्मा गान्धीकोे हत्यारालाई देशभक्त भनेपछि भारतमा हंगामा



नयाँ दिल्ली, मंसिर १४ । भारतको सत्तारुढ भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले महात्मा गान्धीको हत्यारालाई देशभक्त भनेपछि भारतभर हंगामा भएको छ।

महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेलाई ‘एक देशभक्त’ व्यक्ति भन्ने सांसद ठाकुरलाई महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ। त्यसैगरी, यस विषयमा सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएपछि भारतीय जनता पार्टीले पनि खेद व्यक्त गरेको छ।

सांसद ठाकुरले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेलाई ‘देशभक्त’ भनेको यो दोस्रो पटक हो। यसअघि उनले गत मे महिनामा यस्तो अभिव्यक्ति दिएकी थिइन्।

विवादास्पद छवि भएकी सांसद ठाकुरमाथि सन् २००८ को ६ जनाको मृत्यु र एक सयभन्दा बढी घाइते हुने गरी गराइएको एउटा विस्फोटमा संलग्न रहेको आरोप पनि यथावत् नै छ। यद्यपि उनले आफूमाथि लागेका आरोपको अस्वीकार गर्दै आइरहेकी छन् र हाल उनी धरौटीमा छुटेर जेलबाहिर रहेकी छन्।

यसअघि पनि महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेलाई राष्ट्रभक्तको संज्ञा दिएकी सांसद ठाकुरले यसपटक भने संसद्को तल्लो सदनमा बुधबार भएको एउटा छलफलका क्रममा पुनः सोही विषय दोहो(याएकी छन्।

संसद्को छलफलकै क्रममा विवादास्पद अभिव्यक्ति दिएकी सांसद ठाकुरको भनाइलाई लिएर चौतर्फी विरोध भइरहँदा उनको दल भारतीय जनता पार्टी र त्यसको नेतृत्वमा रहेको केन्द्रीय सरकारले पनि आलोचना गरेको एजेन्सीले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम