Logo

दुई केजी चरेससहित तीनजना नियन्त्रणमा



सुर्खेत, १४ मङ्सिर : लागुऔषध दुई केजी चरेससहित जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जनालाई नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत पञ्चकोशी टोलस्थित दीपचन्द्र होटलको तेस्रो तलाको १०६ नं कोठाबाट शुक्रबार प्रहरीले एक केजी ९३० ग्राम चरेस फेला पारेको थियो । चरेसहित वीरेन्द्रनगर नगरपालिका–१२ निवासी ५३ वर्षीय तुलसा शाही, तातोपानी गाउँपालिका–७ जुम्लाका ४९ वर्षीय नैन शाही र जुनीचाँदी गाउँपालिका–९ जाजरकोटका ४२ वर्षीय नैनबहादुर शाहीलाई नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए ।

“ शुक्रबार मध्याह्नतिर प्रहरीले होटल छापा मारेको थियो”, प्रहरी उपरीक्षक पन्तले भने, “त्यही क्रममा उनीहरु तीनैलाई होटलमा चरेस खरीद बिक्री गर्ने अवस्थामा नियन्त्रण गरिएको हो ।” नियन्त्रणमा परेका तीनै जनामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्