Logo

ओलीको अप्रेसन गर्ने डाक्टरले गरे यस्तो खुलासा : प्रधानमन्त्रीलाई अब के होला ? कहिले होला डिस्चार्ज ?



काठमाडौं, १४ मंसिर । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका प्रा.डा. रमेश सिंह भण्डारीले ५ देखि ७ वर्षको मेहनतपछि नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण सफल भएको बताएका छन् । अहिलेसम्म आफूहरुले तीन वटा कलेजो प्रत्यारोपण गरिसकेको उनले जनाए ।

शुक्रबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । टिचिङ अस्पतालमा १६ घन्टा लगाएर प्रत्यारोपण सफल भएको थियो । उनले कलेजो प्रत्यारोपणको सबैभन्दा ठूलो चूनौति भनेको नै यसको सुरु गर्नु भएको बताए । उनले भने,‘यो जटिल खालको शल्यक्रिया हो । यसलाई हामीले सुरु गरेका छौं । अब यसको दिगोपन चाहिएको छ । यो नै हाम्रो लागि चूनौति हो ।’



प्रतिक्रिया दिनुहोस्