Logo

कमल अधिकारीले सागको मार्चपासमा नेपालको राष्ट्रिय झण्डा समात्ने



काठमाडौं, १४ मंसिर । कमल अधिकारी, भारत्तोलनका राष्ट्रिय खेलाडी । उनले भारत्तोलनतर्फ नेपालको नयाँ किर्तिमान मात्र राखेका छैनन् राष्ट्रलाई अन्तर्राष्ट्रिय पदक पनि दिलाएका छन् । उनै कमलले आइतबार १३ औं सागको उद्घाटनमा नेपालको राष्ट्रिय झण्डा बोक्नेछन् ।

नेपाल ओलम्पिक कमिटिले कमललाई राष्ट्रिय झण्डा बोक्ने जिम्मेवारी दिएको हो । कमल यसकारण पनि भाग्यमानी सावित भए कि उनले देशमै हुनगइरहेको दक्षिण एशियाली खेलमा राष्ट्रिय झण्डा समात्ने मौका पाए । ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठको हस्ताक्षरसहितको विज्ञप्तिमा भनिएको छ , ‘उत्कृष्ट खेलाडी भारोत्तोलन खेलका श्री कमल अधिकारी भएको हुँदा उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा वहाँले समात्ने व्यहोरा सहर्ष जानकारी गराउँदछु ।’

कमललाई खेल अनुभव, अन्तर्राष्ट्रिय पदक र ओलम्पिक खेलमा समेत सहभागिता जनाइसकेको आधारमा झण्डा समात्ने अवसर प्रदान गरिएको जनाइएको छ ।

नेपाली सेनाका कमलले लाइट वेट समूहमा राष्ट्रिय किर्तिमान राखेका छन् । उनी दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता पनि हुन् । उनले ओलम्पिकमा सहभागिता जनाइसकेका छन् । नेपाली सेनाका कमल ४२ वर्ष भइसक्दा पनि खेलमा सक्रिय छन् । ५ फिट दुई इन्च अग्ला उनीबाट स्वर्ण पदककको आशा राखिएको छ । Photo Source: gettyimages



प्रतिक्रिया दिनुहोस्