Logo

धादिङको विकासका लागि कृषि र पर्यटन क्षेत्रमा जोड दिनुपर्छ : ऋषि धमला



धादिङ । पत्रकार ऋषि धमलाले धादिङ जिल्लाको विकासका लागि कृषि र पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताएका छन् ।

धादिङमा भइरहेको धार्मिक कृषि पर्यटन महोत्सव तथा व्यापार मेलालाई सम्बोधन गर्दै धमलाले जिल्लाको विकासका लागि राजनीतिक दलहरुले भूमिका नखेलेको भन्दै आक्रोषसमेत व्यक्त गरे ।

प्राइम टाइम्स टिभी, रिपोर्टस क्लब नेपाल, नेपाली रेडियो नेटवर्क र दिव्य दर्शन टिभीका अध्यक्षसमेत रहेका धमलाले महोत्सवले समग्र विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

महोत्सव पर्यटन क्षेत्रको विकास र विस्तारको लागि कोशेढुंगा सावित होस् भनेर पनि धमलाले शुभकामना व्यक्त गरे ।

विकास निर्माणमा युवाहरुलाई सहभागि गराउनुपर्नेमा पनि धमलाले जोड दिउका छन् । गृह जिल्ला पुगेका धमलालाई भव्य स्वागत गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्