Logo

Update : मत परिणाम आउन सुरु : नेकपाको अग्रता



काठमाण्डौ । उपनिर्वाचनमा नेपाली कांग्रेसले बैतडीबाट जितको खाता खोलेको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेस विजयी भएको हो ।

प्रमुख प्रतिपक्षी कांग्रेसका गजेन्द्रबहदुर चन्दले नेकपाका उम्मेदवार हराए । निकटतम प्रतिद्वन्दीलाई ४ मतचले पछि पार्दौ कांग्रेसका चन्द विजयी भएका हुन् । नेकपाका धनबहादुर चन्दले २१५ मत ल्याए भने विजयी उम्मेदवार गजेन्द्रबहादुरले २१९ मत ल्याएका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार तामाङले ५२८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाउँदा समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाए ।

रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका छन् । उनले १७४ मत पाए । निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएका छन् ।

सल्यानको कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी भएका छन् । शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा बूढाथोेकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २५१ मत पाएका छन् ।

सर्लाहीको हरिपुर्वा नगरपालिका – १ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर बिजय हासिल गरेका हुन् । त्यसैगरी लम्जुङको सुन्दरबजार नगरपालिका – २ मा नेकपाका नविन कुमार श्रेष्ठ विजयी भएका छन् ।

भोजपुरको पौवादुङमा गाउँपालिका –१ श्यामशिलामा वडा अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जीतेन्द्र राई विजयी बनेका छन् । राईले नेपाली काङग्रेसका उम्मेदवार सम्मर बहादुर कार्कीलाई ४३७ मतान्तरले हराउँदै विजयी भएका हुन । राईले ६९१ल्याएका छन् भने उनका प्रत्यासी कार्कीले २५४ सय मत प्राप्त गरेका छन ।

गुल्मीको रुरुक्षेत्र गाउपालिका वडा नम्बर ६ मा पनि नेकपाका उम्मेदवार विजयी भएका छन् । काभ्रेको धुलिखेल नगरपालिका वडा नं २ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार देवप्रसाद कोईराला विजयी भएका छन । शनिबार भएको निर्वाचनमा नेकपाका उम्मेदवार देवप्रसाद कोईरालाले ८६७ मत पाएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी दर्णबहादुर खत्रीले ५८२ मत पाएका छन् ।

महोत्तरीको मटिहानी नगरपालिका स्थित वडा नं. ६ को वडाअध्यक्षको लागि भएको उपनिर्वाचनमा राजपाले सफलता पाएको छ । राजपाको तर्फबाट उम्मेदवार रहेका रामबावु नायकले आफ्नो प्रतिद्वन्दीलाई २० मतको मतान्तरले हराएका छन । नायक ३७५ मत ल्याई विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपाका मो.जाकिर अंसारीले ३५५ मत ल्याएका छन ।

सिन्धुपाल्चोकको इन्द्रावती ८ मा नेकपा विजयी भएको छ। शनिबार भएको निर्वाचनमा नेकपाका केदारनाथ आचार्य ७१२ मतका साथ विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी कांग्रेसका अशोक तामाङले ४३९ मत ल्याए। राप्रपा संयुक्तले १२, राप्रपा नेपालले ३ मत पायो।  कुल खसेको ११७५ मध्ये ९ मत बदर भएको थियो।



प्रतिक्रिया दिनुहोस्