Logo

११ थुनुवा प्रहरी हिरासतबाट फरार



सिरहा, १४ मंसिर । प्रहरी कार्यालयको सटर फोडेर ११ जना थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा विभिन्न मुद्दाको अनुसन्धानमा रहेकामध्ये ११ जना फरार भएका हुन् ।

थुनुवा राख्ने कोठाको सटर तोडेर फरारमध्ये चारजना नियन्त्रणमा आइसकेका छन् । बाँकी सात जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

दिउँसोको भोजनका क्रममा उनीहरु फरार भएका थिए । प्रहरी जनशक्ति कम भएको र शनिबार परेकाले थुनुवाहरुले योजनावद्ध तरिकाले भागेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्