Logo

आज बिल गेट्सका बुवाको जन्मदिन, बुहारी मेलिन्डाले गरिन् यस्तो विस



काठमाडौं, १४ मंसिर । संसारकै सबैभन्दा धनी व्यक्ति बिल गेट्सका बुवा बिल गेट्स सिनियरको आज जन्मदिन हो । उनलाई जन्मदिनको अवसरमा शुभकामना तथा शुभेच्छाको ओइरो लागेको छ ।

उनकी बुहारी अर्थात बिल गेट्सकी श्रीमती मेलिन्डा गेट्सले पनि जन्मदिनको शुभकामना व्यक्त गरेकी छिन् । आफ्नो फेशबुकमार्फत उनले यस्तो लेखेकी छिन,”अ भेरी ह्याप्पी बर्थडे टु बिल गेट्स सिनियर, अ वण्डरफुल फादर, ग्राण्डफादर एण्ड वन अफ द मष्ट जेनेरस पिपुल आई नो । वी लभ यु ।”

उनले बिल गेट्स सिनियरलाई संसारकै दानी र उदार भनेर चित्रण गरेकी छिन् । बिल गेट्स सिनियरको पूरा नाम विलियम हेनरी गेट्स सेकेण्ड हो । उनलाई बिल गेट्स सिनियर भनेर चिनिन्छ । उनी अमेरिकाका प्रसिद्ध परोपकारी पनि हुन् । उनी आफ्नो पुस्तक सोईंग अप फर लाईफबाट निकै प्रसिद्ध छन् । उनका तीन सन्तान छन् । बिल, लिबी र क्रिस्टी हुन् । उनी सन् १९२५ को नोभेम्बर ३० मा जन्मिएका हु्न ।



प्रतिक्रिया दिनुहोस्