Logo

यो मन्दिरको नजिकका घरहरुमा ढोका राखिदैन



देशमा सूर्य पुत्र शनिदेवका केही मन्दिरहरु रहेका छन् । तिनै मन्दिरहर मध्ये महाराष्ट्रको यहमद जिल्लामा अवस्थित शिगणापुर शनि मन्दिर एक हो । विश्व प्रसिद्ध शनि देवको मूर्ती खुला आकाशमुनि एक सिंगमरमर माथि विराजमान रहेको छ ।

शिगणापुर शहरमा भगवान शनि महाराजको शहरका प्रत्येक घरमा ढोकाको आकार मात्र छन् । कुनै पनि घरमा ढोका बन्द गरिदैन । यदि लगाउनै परे पर्दाको प्रयोग गर्ने गर्दछन् । त्यस ठाउँमा कुनै चारी हुँदैन । यदि चोरी भएमा शनि महाराज स्वयंम सजाय दिन्छन् भन्ने जनविश्वास रहेको छ ।

शनिको प्रकोपबाट बच्नका लागि त्यस मन्दिरमा दर्शनका लागि विश्वभरबाट प्रत्येक शनिबार लाखौ मानिसहरु आउने गर्दछन् ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्