Logo

विवाह पञ्चमीको ऐतिहासिक महत्व



राजर्षि जनक,जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष मार्ग महिनाको शुक्ल पक्ष पञ्चमी तिथिमा विवाह भएको खुशीयालीमा सम्झनास्वरूप राम जानकी विवाहपञ्चमी पर्व मनाउने परम्परा छ । आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख छ ।

राम र जानकीको स्वयंवर भएको जनविश्वासका साथ उक्त स्थानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोली नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजासहित लावा लस्करका साथ जानकीको डोली लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोली नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।

हजारौं वर्ष पूर्व त्रेता युगमा मिथिलापति सिरध्वज जनकले सीता स्वयंवरको आयोजना गर्दा देशदेशान्तरका सयौं राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहिले पनि हिन्दू जातिको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधाममा मुलुकलगायत भारतबाट आएका लाखौं श्रद्धालु डोली परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन्
हजारौं वर्षपूर्व मार्ग शुक्ल पञ्चमी तिथिमा भएको राम जानकी विवाहको सम्झनामा हरेक वर्ष मनाइने राम जानकी विवाह पञ्चमी मेला सबैभन्दा बढी श्रद्धा, निष्ठा र उत्साहका साथ भव्यतापूर्वक मनाइन्छ ।

वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीया तिथिकान अयोध्याबाट साधु सन्तहरू समेतको एउटा जन्तीको समूहलाई जनकपुरधाममा भव्य स्वागत गरिन्छ । अयोध्याबाट आउने जन्ती समूहलाई नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा स्वागत तथा अभिवादन गर्ने परम्परा छ । यस अवसरमा दुई अगाडि नै तृतीया तिथिमा राम मन्दिरमा जानकी मन्दिरबाट साधु सन्त र नगरका प्रमुखजनहरूको उपस्थितिमा कुरा छिन्ने काम सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट चतुर्थी तिथिको साँझमा मिथिला परम्परा अनुसार कन्यापक्षका तर्फबाट गरिने ’मटकोर’कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिन्छ ।

पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोली बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछन् । त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित माइती पक्षद्वारा स्वागत अभिवादनका साथै राम मन्दिरबाट पुगेको डोलीलाई जानकी मन्दिरबाट पु¥याएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ ।

राम मन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकीजीलाई माला लगाई आरतीपूजनपछि स्वयम्बर पूरा हुन्छ । त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पु¥याएर आरती गरिन्छ । त्यसपछि राम मन्दिरको डोली जन्तीको साथ राममन्दिर फर्कने गर्दछन् भने सोही रात मिथिला परम्परा अनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्