Logo

तुलसी,रुद्राक्षको माला लगाएर दर्शन गरे मनोकामना पूरा हुने विश्वास



भारतमा प्रसिद्ध मन्दिर मध्ये सबरीमाला मन्दिर एक हो । त्यस मन्दिरमा हरेक दिन लाखौँ मानिसहरु दर्शनका लागि आउने गर्दछन् । त्यस मन्दिरलाई मक्का मदीना झै विश्वमा सबैभन्दा ठूलो तीर्थको रुपमा मान्ने गरिन्छ ।

अय्यप्पा स्वामी मन्दिर करडौ हिन्दुहरुको आस्थाको प्रतिक हो । दक्षिण भारतको केरलमा सबरीमालामा अय्यप्पा स्वामीका मन्दिर रहेको छ । सबरीमालाको नाम शबरीको नामबाट राखिएको हो । जसको उल्लेख रामायणमा गरिएको छ । उक्त मन्दिरलाई १८ वटा पहाडले घेरिएको छ । त्यहाँ एक धाम पनि रहेको छ । जसलाई सबरीमला श्रीधर्मषष्ठ मन्दिर भनिन्छ ।

त्यस मन्दिरको नजिक मकर मकर सक्रान्तिको अध्यारो रातमा एक ज्योति देखिने गर्दछ । त्यो ज्योतिको दर्शनका लागि विश्वबाट करडौ श्रदालुहरु हरेक वर्ष आउने गर्दछन् । भनिन्छ,जव ज्योति देखिन्छ त्यसको साथमा आवाज पनि सुनिन्छ । त्यो देव ज्योति हो र यसलाई भगवान आफै जलाउँछन् त्यसलाई नै मकर ज्योति नाम दिएको भक्तजनको भनाइ रहेको छ ।

त्यस मन्दिरमा महिलाहरुका लागि प्रवेश निषेध गरिएको छ । मन्दिरमा जुन भगवानको पूजा गरिन्छ उनी ब्रह्माचारी थिए । त्यसैले त्यहाँ १० देखि ५० वर्ष उमेरका महिलाहरुले प्रवेश गरेका छैनन् । जुन मन्दिरमा रजस्वला नभएकी बालिका र रजस्वला रोकिएका बृद्धा महिलाहरु मात्र जान सक्छन् ।

त्यहाँ जुन श्री अयप्पाको पूजा गरिन्छ उनलाईं ’हरिहरपुत्र’ भनिन्छ । जसलाई विष्णु र शिवको पुत्रका रुपमा चिनिन्छ । उक्त मन्दिरमा दर्शन गर्ने भक्तहरुले दुई महिना अगाडि देखि माछा मासु खानु हुँदैन । भक्तजनले तुलसी र रुद्राक्षको माला लगाएर र ब्रत बसेर मन्दिरमा गई दर्शन गर्नाले उनीहरुको मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहीआएको छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्