Logo

कास्की–२ मा नेकपा अघि



कास्की, मंसिर १५ । कास्की–२ को वडा नम्बर–३३ मा नेकपा ११ सय ६१ मतले अघि देखिएको छ । मतगणना जारीरहदा नेकपाले ३२ सय ७६ मत ल्याएको छ भने काँग्रेसले २१ सय १५ मत ल्याएको छ ।

नेकपाकी उमेदवार विद्या भट्टराई र काँग्रेस उमेदवार खेमराज पौडेलबिच कडा प्रतिस्पर्धा देखिने अपेक्षा गरिएतापनि भट्टराई पौडेल भन्दा ११ सय ६१ मतका साथ अगाडी रहेकी छन् ।

उक्त मतदान केन्द्रमा कुल ५ हजार ६ सय ४२ मत खसेको थियो ।  मतगणना केहि समय भित्रै सम्पन्न हुनलागेको जानकारी प्राप्त भएको छ ।



प्रतिक्रिया दिनुहोस्