Logo

भक्तपुर प्रदेशसभा सदस्यमा कांग्रेसको जित निश्चित



काठमाडौं, मंसिर १५। भक्तपुर क्षेत्र नं १ कमा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

चाँगुनारायण नगरपालिकाका नौवटै वडा र भक्तपुर नगरपालिका–१० गरी कूल १० वडाको मतगणना अनुसार काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले दुई हजार ३१२ मतको अगाडी रहेका छन् ।

चाँगुनारायण नगरपालिका–१ देखि ६ सम्मको मतगणनामा काँग्रेसका उम्मेदवार भँडेलले नौ हजार ९५ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी नेकपाका देवीप्रसाद ढकालले छ हजार ७८३ मत प्राप्त गरेका छन् ।

नेपाल मजदूर किसान पार्टी नेमकिपाका निरज लवजूले दुई हजार ८४, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका श्यामप्रसाद नेपालले २९४, साझा पार्टीका सुरज प्रधानले २४८ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्