Logo

शव बोकेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिदा छ जनाको मृत्यु (मृतकको सूचीसहित)



सुनसरी, १५ साउन । शव बोकेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिंदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । कोशी गाउँपालिका हरिपुरमा गएराति साँढे १२ बजे भएको घटनामा एम्बुलेन्समा रहेकाहरुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार विराटनगरबाट शिवमाया राईको शव लिएर एम्बुलेन्स गाइघाट गइरहेको थियो । एम्बुलेन्सलाई विपरित दिशामा आइरहेको ट्रकले ठक्कर दिएको हो ।

घटनामा मृत्यु हुनेहरुमा उदयपुर त्रियुगा नगरपालिकाका राजेश दनुवार, टेकेन्द्र राई, दुर्गाधन राई, तुलाबहादुर राई, मुकेश राई र दिनेश राई छन् । उनीहरु सबै मृतकका आफन्त हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र वीरगंजबाट विराटनगर आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रक गएराति एकआपसमा ठोक्किदा एम्बुलेन्समा सवार सबैको ज्यान गएको हो ।

दुवै सवारीसाधन तीब्रगतिमा भएको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । प्रहरी स्रोतका अनुसार ७०–८० किमी प्रतिघण्टाको गतिमा बिपरित दिशाबाट आईरहेक थिए । ट्रकसँग ठक्कर खाएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो ।

मृतकहरूलाई एम्बुलेन्सबाट निकाल्नै प्रहरीसहितका उद्दारकर्मीहरुलाई ४ घण्टा समय लागेको थियो । एम्बुलेन्स उपचार गर्न विराटनगरको गोल्डेन अस्पताल ल्याईएकी महिलाको उपचारका क्रममा निधन भएपछि उनलाई लिएर सोही एम्बुलेन्स उदयपुर फर्कदैं थियो ।



प्रतिक्रिया दिनुहोस्