Logo

“पानीको फोका झै भयो” रवीन्द्र मिश्रको साझा



काठमाडौं, १५ मंसिर । कुनैबेला साझा पार्टी विवेकशील पार्टीसँग मिलेपछि शहरी क्षेत्रमा निकै चर्चामा पुग्यो । रवीन्द्र मिश्रले प्रतिनिधिसभा चुनावमा नेपाली काँग्रेसका प्रकाशमान सिंहलाई कडा चुनौती पनि दिए । तर, अहिले उपनिर्वाचनसम्म आइपुग्दा विवेकशील साझा पार्टी विभाजित भइसकेको छ ।

पत्रकारिताबाट सामाजिक अभियन्ता बन्दै राजनीतिमा पाइला राखेका रवीन्द्रको दल साझालाई कतिपयले ‘पानीको फोका’ भने । उनलाई कम आँक्न नहुने भन्नेहरु पनि थिए । तर, संसदीय चुनाव भएको दुई वर्ष बित्न नपाई साझा निकै खुम्चिएको छ ।

देशका विभिन्न स्थानमा उम्मेदवार खडा गरेको साझाले पोखरामा रजनी केसीलाई चुनावी मैदानमा उतार्यो । नेकपाकी विद्या भट्टराई पाँच हजार मत कटाइसक्दा केसीले सय मत पनि पाउन सकेकी छैनन् ।

विवेकशीलकी जमुना शर्माको १० मत पनि कटेको छैन । यी परिणामहरुले साझा र विवेकशील काठमाडौंमा मात्र खुम्चिएको र त्यो पनि कमजोर अवस्थामा पुगिसकेको देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्