Logo

राजा राजेन्द्रको खुलासा : प्रधानमन्त्रीको रुपमा ओली असफल (भिडियोसहित)



काठमाडौं, १५ मंसिर । चर्चित हाँस्यकलाकार राजा राजेन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल प्रधानमन्त्रीको संज्ञा दिएका छन् । तर, व्यक्तिगत रुपमा भने ओली सफल भएको उनको दाबी छ ।

शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले गीतपनि गाउने गरेको सुनाए । उनले भने,‘उहाँ गीत पनि गाउनुहुन्छ । हामी त कुनैबेला संगै मकै भुटेर खाएका छौं । उहाँ निकै रमाईलो मान्छे हो ।



प्रतिक्रिया दिनुहोस्