Logo

उपनिर्वाचनले देखायो जनप्रतिनिधिप्रति जनअसन्तुष्टि, दलहरुले गुमाए सिट



काठमाडौं, १५ मंसिर । जुन दलले गएको संसद देखि स्थानीय चुनावमा जित निकालेको थियो त्यो दलप्रति दुई वर्षमै जनअसन्तुष्टि बढेको उपनिर्वाचनको परिणामले देखाएको छ । नेपाल कम्युनिष्ट पार्टीले जितेको स्थानमा नेपाली काँग्रेसले र नेपाली काँग्रेसले जितेको स्थानमा नेकपाले चुनाव जितेको एक दर्जनभन्दा बढी स्थानहरुबाट देखिएको छ । यसले विगतमा चुनाव जितेका दलबाट जनता सन्तुष्ट नभएको सन्देश गएको छ ।

प्रदेशसभातर्फ नेकपाले चुनाव जितेको भक्तपुरको प्रदेशसभामा काँग्रेसका उम्मेदवार विजयी भए । भरतपुरमा पनि नेकपाका उम्मेदवारले जितेको स्थानमा नेपाली काँग्रेस विजयी भयो । बाराको बारागढी गाउँपालिकाको वडाध्यक्षमा काँग्रेसले चुनाव जितेको वडामा समाजवादी पार्टीका उम्मेदवार विजयी भए ।

बाजुराको त्रिवेणी, अछामको मल्लेख, बाँकेको कोहलपुर, सिरहाको कल्याणपुर, पाँचथरको फिदिम, भोजपुरको पौवादुंमाको वडाध्यक्षमा काँग्रेसले जितेको स्थानमा नेकपा विजयी भएको छ । विगतमा नेकपा उम्मेदवारले जितेकामध्ये घोराही उपमहानगरपालिका, अर्घाखाँचीको मलारानी, मोरङको धनपालथान, बैतडीको दोगडाकेदार, पाँचथरको हिलिहाङ मा काँग्रेस उम्मेदवारले जितेका छन् । राजपाले जितेको रोटहटको गढिमाईको वडाध्यक्षमा यसपटक काँग्रेले जितेको छ ।

कस्ले कहाँ जित्यो

१) बैतडीको पुर्चौडी नगरपालिका-४ मा नेकपाका शैलेन्द्र धानुक

२) कञ्चनपुरको पुनर्वास-३ मा नेकपाका कृष्णबहादुर तामाङ

३) बाजुराको त्रिवेणी-१ नेकपाका मनराजे बुढा

४) अछामको मल्लेख गाउँपालिका- ५ मा नेकपाका रमेशबहादुर खड्का

५) बाँके कोहलपुर-६ मा नेकपाका रामशरण थारू

६) सल्यानको कुमाख गाउँपालिका- ५ नेकपाका धर्मे बुढाथोकी

७) रोल्पाको थवाङ १ मा नेकपाका जनकबहादुर बुढा मगर

८) घोराही उपमहानगर- १६ मा कांग्रेसका ताराबहादुर डिसी

९) प्युठान नगरपालिका- २ मा नेकपाका मुक्ति पोखरेल

१०) अर्घाखाँचीको मालारानी-३ मा कांग्रेसका शोभाकर खनाल

११) लमजुङको सुन्दरबजार नगरपालिका- २ मा नेकपाका नवीनकुमार श्रेष्ठ

१२) बर्दघाट-५ मा नेकपाका खिमबहादुर थापा

१३) चितवनको भरतपुर-१६ कांग्रेसका अमृतराज हमाल

१४) पर्साको सखुवा पर्सौनी गाउँपालिका- ५ समाजवादीका रूपलाल कुमार यादव

१५) बारागढी गाउँपालिका- १ मा समाजवादी पार्टीका सुरेशबहादुर चौधरी

१६) रौतहटको गढीमाई- २ कांग्रेसका दीपेन्द्र श्रेष्ठ

१७) काठमाडौंको दक्षिणकाली- ३ मा नेकपाका शिवभक्ति बलामी

१८) धुलिखेल-२ मा नेकपाका देवप्रसाद कोइराला

१९) महोत्तरीको बलवा- २ कांग्रेसका विपिन परिजार सुडी

२०) रामेछापको उमाकुण्ड-५ मा नेकपाका कुलबहादुर बस्नेत

२१) खोटाङको साकेला- ३ मा नेकपाकी शिवकला राई

२२) खाँदबारी-३ नेकपाका भरतकुमार घिमिरे

२३) मोरङको धनपालथान-२ मा कांग्रेसका नारायणप्रसाद साह

२४) बैतडीमा दोगडाकेदार- ४ कांग्रेसका सुरेशप्रसाद भट्ट

२५) बैतडीको सुर्नया- १ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द

२६) कपिलवस्तुको शिवराज-१० राजपाकी मन्जु मिश्र

२७) गुल्मीको रूरू-६ नेकपाका गिरिप्रसाद सिंजाली

२८) नवलपरासी पूर्वको बौदीकाली- ५ मा नेकपाका खिमबहादुर थापा खरूमगर

२९) चितवनको खैरहनी- ४ मा कांग्रेसका देवबहादुर बस्नेत

३०) चितवनको खैरहनी-५ कांग्रसकी प्रतीमा कार्की बस्नेत

३१) सप्तरी छिन्नमस्ता- ७ राजपाकी प्रमिलादेवी यादव

३२) सर्लाहीको हरिपूर्वा- १ समाजवादीका श्यामवावु राय

३३) सिरहाको कल्याणपुर-१२ मा नेकपाका दिलिपकुमार यादव

३४) पाँचथरको हिलिहाङ-७ मा कांग्रेसका तिलविक्रम इधिंगो

३५) पाँचथर फिदिम- १ मा नेकपाका गजाधर भट्टराई

३६) सिन्धुपाल्चोकको इन्द्रावती- ८ मा नेकपाका केदारनाथ आचार्य

३७) बाग्लुङको बढीगाड-२ मा नेकपामा ढालप्रसाद श्रेष्ठ

३८) डोटीको आदर्श-२ मा नेकपाका रामबहादुर बोहोरा ले जितेका छन्।

३९) महोत्तरीको मटहानीमा- ६ मा राजपाका मोहम्मद जकिर अन्सारी

४०) भोजपुरको पौवादुंमा- १ मा नेकपा



प्रतिक्रिया दिनुहोस्