Logo

धरानमा कडा प्रतिष्पर्धा, काँग्रेसका राई अगाडि



काठमाडौं, १५ मंसिर । धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको उपनिर्वाचनमा तिव्र प्रतिष्पर्धा भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसका तिलक राई नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईभन्दा झीनो मतले अगाडि छन् ।

पछिल्लो मतपरिणाम अनुसार तिलक राईले ६८५७ मत प्राप्त गर्दा प्रकाश राईले ६४२३ मत ल्याएका छन् । मतपरिणाम हेर्दा तिव्र प्रतिष्पर्धाकाबीच नै जीत हारको टुंगो लाग्ने देखिएको छ ।

यसअघिको चुनावमा नेकपा उम्मेदवारले जितेको स्थानमा काँग्रेस उम्मेदवार अगाडि रहेपछि धेरैको चासो भएको छ ।



प्रतिक्रिया दिनुहोस्