Logo

वैज्ञानिकले पत्ता लगाए ठूलो ब्ल्याक होल



वैज्ञानिकहरुले ठूलो स्टेलर ब्ल्याक होलको पत्ता लागएका छन् । मरेको, ध्वस्त र विस्फोट भएको ताराबाट त्यस ब्ल्याक होलको निर्माण भएको विज्ञहरु बताउँछन् । ब्ल्याक होलको नाम एल बी रहेको विज्ञहरुले जनाएका छन् ।

ब्ल्याक होलको आकार सूर्य भन्दा करिब ७० गुणा बढी रहेको जनाइएको छ । ब्ल्याक होलको दूरि हाम्रो पूथ्वीबाट करिब १५ हजार प्रकाश वर्ष टाढा रहेको छ । सैद्धान्तिक रुपले यस्तो ठूलो प्रकारको ब्ल्याक होलको हाम्रो आकाशगंगामा अवस्थित नहुन सक्ने समेत जनाइएको छ । विज्ञहरुको अनुसार एल बी वनको आकार सोचेको भन्दा ठूलो रहेको जनाएका छन् । ठूलो ब्ल्याक होलको अनुसन्धान चूनौतीपूर्ण हुने विज्ञहरु बताउँछन् ।

यस प्रकारको निर्माण फलब्याक सुपरनोवा बाट भएको विज्ञहरुले अनुमान गरेका हुन् । सुपरनोवा ताराहरुको विस्फोट हुने क्रममा उत्पति हुने गर्छ । सुपरनोवाको विस्फोटले ब्ल्याक होलको निर्माण हुने गर्छ । तर सुपरनोवाको कारण यस्तो प्रकारको नयाँ ठूलो ब्ल्याक होल उत्पत्ति भएको प्रमाण भेटेको छैन् । नासाको अनुसार एल बी वन सुपरम्यासिभ ब्ल्याक होल भन्दा सानो रहेको जनाएका छन् ।

सुपरम्यासिभ ब्ल्याक होलको कारण आकाशगंगाको निर्माण भएको विज्ञहरुको विश्वास रहेको जनाएको छ । स्टेलर ब्ल्याक होलले सामान्य प्रक्रियाको अनुसार एक्स रे उत्सर्जन गर्ने कारणले ब्ल्याक होलको अनुसन्धान गर्न गाह्रो रहेको विज्ञहरुले जनाएका छन् । एक्स रे उत्सर्जन गर्ने प्रणलीलाई ध्यान नदिएर विज्ञहरुले त्यस ब्ल्याक हहोलको वरिपरि घुम्ने ताराको अनुसन्धान गरेको जनाए । अनुसन्धानको क्रममा विज्ञहरुले तारा ब्ल्याक होलको वरिपरि घुमेको पत्ता लागाएका छन् । नयाँ ब्ल्याक होलको अनुसन्धान जारीरहेको विज्ञहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्