Logo

विश्वकै उत्कृष्ट लडाकू विमान(भिडियोसहित)



प्रत्येक देशले आफ्नो सिमाको सुरक्षा गर्न भूमि सेना, हवाई सेना र जल सेनाको निर्माण गर्दछ । प्रत्येक आर्थिक वर्ष सबै देशले सेना प्रति छुट्टै विकास बजेट निकाल्ने गर्छ । लडाकू विमानले आफ्नो देशको सिमालाई निरिक्षण गर्छन् । यसगरि संयूक्त राज्य अमेरिकाले पाचौँ पिढीको विश्वकै उत्कृष्ट लडाकू विमान बनाएको छ । त्यस विमानको नाम एफ २२ राफ्टर रहेको छ ।

उक्त लडाकू विमान नयाँ प्रणालीको प्राविधिक जडान गरिएको छ । यस्तो प्रकारको निर्माण कुनै देशले बनाएको छैन् । त्यस विमानले पूथ्वीको तल्लो भाग सम्मलाई अवलोकन गर्न सक्दछ । त्यस विमानको प्रयोग विशेष कार्यको बेला निरीक्षण गर्दछ । मथिल्लो तहमा उडान गर्ने कारण जमिनमा रहेको कुनै मिसाइल अथवा ट्यान्करले समेत एफ २२ लाई निसाना बनाउन सक्दैन । त्यस विमानले माथिल्लो तहबाट समेत तल भएको शंकास्पद कुरालाई निसाना बनाउन सक्दछ ।

लडाकू विमानले छ वटा एम १२० एमराम्स र दुइवटा एम ९ साइड विंगर बाक्ने क्षमता राख्दछ । त्यस विमानले दुईवटा पाचँ सय किलोको मिसाइल समेत राख्दछ । यसको गतिले समेत पाइलाटलाई निसाना बनाउन मद्दत गर्दछ । त्यस विमानको निर्माण कार्य सन् २००१ मा भएको थियो । एफ २२ लडाकू विमानको लागत करिब ६७ अर्ब रहेको जनाइएको छ । अहिले सम्म १९५ वटा निर्माण गरिसकेको जनाइएको छ । एफ २२ विमानले सुपरसोनिक रफतारमा उड्ने गर्दछ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot