Logo

चीनको मंगल मिशन २०२० को सफल परिक्षण



चीनले २०२० मा मानव रहित मंगल मिशनको मह्त्वपूर्ण अवतरण परिक्षण गरेको छ । अगामी वर्ष मंगल जान तयार रहेको चीनले आफ्नो उत्तरी हेबइ प्रान्तमा परिक्षण गरेको हो । त्यस परिक्षणमा मंगल ल्याण्डरलाई अन्तरीक्षमा केहि प्रकारको अवरोध नहोस भन्ने कुराको लागी उक्त परिक्ष्ण गरेको जनाइएको छ ।

परिक्षण सफल भएको र ल्याण्डर उडान भर्ने तयार रहेको जनाइएको छ । ल्याण्डरलाई सफलता पूर्वक मंगल ग्रहको कक्ष सम्म पूर्याउँने रकेट निकै शक्तिशाली रहेको जनाइएको छ । सात महिनाको यात्रामा मंगल मिशनको रहेको जनाइएको छ ।

मंगल ल्याण्डरको अवतरण निकै चूनौतीपूर्ण हुने अधिकारीले जनाएको छ । सोहि रकेटले २०१९ को अन्तयमा चन्द्रमामा ल्याण्डरले अवतरण गर्नेछ । चीनले आफ्नो चन्द्र अवतरण सन् २०१३ मा पठाएको थियो । यसैक्रममा सन् २००३ मा चीनले मानव सहितको रकेट स्पेसमा पठाएको छ ।

मानव सहित रकेट पठाउने दौडमा चीन सोभियत संघ र संयूक्त राज्य अमेरिका पछि तेस्रो मुलुक भएको थियो । सन् २०३० सम्मा चीन रुस र अमेरिकालाई पछयाउँदै शक्तिशाली स्पेस पावरको रुपमा स्थापित हुने योजना चीनको रहेको जनाइएको छ । Photo Source : The Independent



प्रतिक्रिया दिनुहोस्